-- इबोलाको उत्पती -- इबोला भाइरस सर्वप्रथम सन् १९७६ मा कंगो र सुडानको दुर्गम क्षेत्रमा देखिएको हो | यो भाइरस फैलिएको कंगोको दुर्गम क्षेत...
.jpg)
इबोला भाइरस सर्वप्रथम सन् १९७६ मा कंगो र सुडानको दुर्गम क्षेत्रमा देखिएको हो | यो भाइरस फैलिएको कंगोको दुर्गम क्षेत्रमा बग्ने इबोला नदीबाट यसोक नाम राखिएको हो । सुरूवातमा यो चिम्पांजी तथा चमेरोमा देखा परेको थियो |
-- इबोला के हो ? --
यो एक किसिमको हेमोरेजिक फिबर हो | यो रोग एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्ने सरुवा रोग हो | यो हावाको माध्यमले सरेको पाइदैन | यो रोग लागेको ब्यक्तिको शरीर बाट निस्कने बस्तुहरु जस्तै रगत, दिशा, पिसव, पसिना, र्याल, यौनिरस आदि माध्यमद्वारा सर्दछ । यौन सम्पर्क एवं संक्रमित लासबाट पनि यो रोग सर्दछ ।
-- के हुन् यसका लक्षणहरु ? --
यसको संक्रमणमा आएको दुई देखि तीन हप्ता पछि लक्षणहरू देखापर्दछ । सुरूवातमा ज्वारो आउने, घाँटी, मांशपेशी एवं टाउको दुख्ने हुन्छ । यसपछी अरूची, वाकवाकी हुने, पखला लाग्ने, साथै लिभर र किड्नीको कार्यक्षमता ह्रास आउदै जान्छ । यो समयमा संक्रमित व्यक्तिमा आन्तरिक एवं वाह्य रक्तश्राव हुन पनि सक्दछ ।
-- कसरी जोगिने ? --
यो रोगको लागि हालसम्म कुनैपनि खोप बनेको छैन, यसको मृत्युदर ५० देखि ९० प्रतशत छ । यसर्थ रोग लागनु भन्दा रोग लाग्न नदिनु नै सर्वोत्तम उपाय हो । सरूवा रोग भएकाले व्यक्तिगत सावधानी अपनाउनु जस्तै संक्रमित व्यक्तिको संसर्गमा नरहने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, संक्रमणका स्रोत देखि टाढा रहने आदि रोगबाट बँच्ने मुख्य काइदा हुन् ।
-- याद राख्नुपर्ने --
सन् १९७६ देखि हालसम्म यो रोगको प्रकोप झण्डै वार्षिक रूपमा पटक पटक थुप्रै स्थानमा देखा परिसकेको छ । हाल (२०१४) मा देखा परेको इबोला संक्रमणमा सर्वाधिक बढी व्यक्ति संक्रमित रहेका छन् ।
-- कृपया यो जानकारीलाई सबैमाझ श्यर गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । --
COMMENTS