स्वामी विवेकानन्द आफ्नो जापान भ्रमणको एउटा अविष्मरणिय क्षणको बारेमा बताउछन् । उनी जापानको पसलबाट केही स्याउहरू किनेर फर्किनै लाग्दा एउटा सा...

उनी जापानको पसलबाट केही स्याउहरू किनेर फर्किनै लाग्दा एउटा सानो केटो अगाडी उभिन्छ र भन्छ, 'त्यो स्याउ मलाई दिनुस्, म सँग धेरै पैसा त छैन तर पनि म तपाईलाई परेको मोल चुकाउछु ।'
विवेकानन्द आश्चर्य पर्दै सोध्छन् 'किन वावु ?'
केटोले जवाफ दिन्छ, 'त्यो साहुजीले स्याउ हाल्दा केही बिग्रिएको स्याउ पनि हालेको छ, तपाई हाम्रो देशको पाहुना हो, भोली तपाई आफ्नो देश गएर भन्नुहुनेछ जापानीहरू ठग हुँदोरहेछ । म यसो हुन दिन्न, यसैले कृपया त्यो स्याउ मलाई बेच्नै पर्दछ ।'
विवेकान्दले भने, 'होइन बावु म त्यसो भन्नेछैन, बरू भन्नेछु जापानका साना बच्चाहरू समेत राष्ट्रभक्त हुदाँरहेछन् ।'
स्रोत : प्रेरक भनाइहरू
COMMENTS