केशर भण्डारी 'यात्री' मलाई नरोक, नछेक म अघि बढ्न चाहन्छु; नबाध मेरो आँखामा पट्टी नठोक मेरो खुट्टामा नेल नहाल पिंजडा भित्र मेरो ...
![]() |
केशर भण्डारी 'यात्री' |
म अघि बढ्न चाहन्छु;
नबाध मेरो आँखामा पट्टी
नठोक मेरो खुट्टामा नेल
नहाल पिंजडा भित्र
मेरो यो उड्न चाहने हृदयलाई
उक्लन देऊ मलाई भञ्ज्याङहरू
खेल्न देऊ छालहरूसँगै
म बाधिन चाहन्न, छेकिन चाहन्न;
म चरासँगै उड्न चाहन्छु
म धानको बालासँगै लहराउन चाहन्छु
म नदीसँगै बहन चाहन्छु
म फूलसँगै मुस्कुराउन चाहन्छु;
भिज्न देऊ मलाई झरीहरूमा
दौडन देऊ मलाई मैदानहरूमा
म प्रत्येक उकालो चढ्न चाहन्छु
प्रत्येक ओह्रालो झर्न चाहन्छु
मलाई विहानको सित बटुल्न देऊ
गोधुली साँझको सूर्यास्त हेर्न देऊ;
यी पैतलाले नयाँ पलमा नयाँ आधार टेकून्
यी नयनले नयाँ पलमा नयाँ दृश्य देखून्
म मानव हूँ, मेरो यही स्वाभाव हो
यसैले, तथाकथित बन्धनहरूले
मलाई नरोक, नछेक
म अघि बढ्न याहन्छु
म संसार देख्न चाहन्छु ।
-- केशर भण्डारी 'यात्री'
COMMENTS