सोमबार ६ अगस्त, १९४५ । साढे तिन लाख जनसंख्या भएको शुन्दर जापानी शहर हिरोशिमा 'एनोला गे' नामक अमेरिकी बमवर्षक विमानले विहान ८.१५ बजे...

साढे तिन लाख जनसंख्या भएको शुन्दर जापानी शहर हिरोशिमा 'एनोला गे' नामक अमेरिकी बमवर्षक विमानले विहान ८.१५ बजे प्यारासुट फूत्त खसाल्यो । स्कूल जादै गरिरहेका नानीहरूले त्यो देखेर कराए- 'हेर, हेर प्याराशुट !!'
लाम्चो गोलो वस्तु सहित खासालिएको त्यो प्यारासुट मृत्यु बोकेर आएको कुरा कसलाई के थाहा ? त्यो संसारको पहिलो एटम बम 'लिटिल ब्वाइ' थियो जुन आकाशमै विस्फोट भएपछी हज्जारौ केटाकेटी व्यक्ति भष्म भए ।
एटम बम विस्फोट भएको क्षेत्र वरिपरि आँखानै अन्धो पार्ने नीला सेता बिजुलीका झिल्काहरू फैलिए । हज्जारौ जिउँदा मानिसहरू बमको अत्याधिक तापले गर्दा वाफ र धुँवामा फेरिए । कैयौ व्यक्तिहरू डढेका डल्ला र हाडखोरमा परिणत भए ।
ठिक त्यस्तै भयो- बिहिवार, अगस्त ९ को बिहान ११.०२ बजे अर्को जापानी शहर नागासाकीमा 'फ्याट म्यान' खसालिदा पनि ! उस्तै विस्फोट, उत्तिकै रेडियो विकिरण, उस्तै आगलागी र शहरको विनाश, उस्तै मृत्युको ताण्डव नृत्य र लाशै लाश भएका मानिसहरू !
हिरोशिमामा वम विस्फोटनको तीन मिनेटमै झण्डै एकलाखको मृत्यु भयो पछी सम्ममा तड्पी-तड्पी मृत्यु हुनेको संख्या एक लाख चालिसहजार नाघ्यो । त्यस्तैगरी बम पहिलो दिनमै दुई लाख जनसंख्या भएको नागासाकीका चौरासी हजार मानिसहरू लाशमा परिणत भए । अनि त्यसपछीका वर्षहरूमा भएका मृत्युहरूको संख्या अनगिन्ती मात्रामा थपिदै गयो ।
रेडियो मार्फत यो खबर सुनेका आइन्स्टाइनले आखाँ भरी आशू बनाउदै भन्नुभएको थियो, -' उफ! कस्तो बिजोग ।' 'आणविक वा पारणाणुविक शक्तिको विकास गर्दैमा कसैलाई विज्ञानले अलौकिक शक्ति प्रदान गर्दैन ।'
आज अगस्त ६, २०१४, आज त्यो इतिहासको त्यो कलंकित दिन बितेको ६९ वर्ष पुगेछ । युद्धले कसैको हित गर्दैन तर पनि मानवजातीले अझै यद्धलाई छोड्न सकेको छैन, गाजामा जारी युद्धले यस्तै देखाइरहेको छ । मानव स्वाभाव शान्ती चाहन्छ, यसर्थ शस्त्र छोडौ, शास्त्रको बाटोमा आऔ ।
COMMENTS