यात्री केशर चालिस लाख वर्ष अघि अफ्रिकामा रहने एक जमात बाँदरमा रूखबाट झरेर हिड्ने भाव जाग्छ । उनीहरूले रूख छोड्छन् र उभिएर हिड्न संघर्ष ...
![]() |
यात्री केशर |
लाखौ वर्षपछी, तिनै बाँदरमा अर्को विचार प्रस्फुटित हुन्छ- हतियार बनाउने, सिकार गर्ने । ढुंगाको हतियार बनाएर सिकार गर्ने । यही विचारलाई पच्छ्याउदै गर्दा उनीहरू झनै विकसित भइ मान्छे हुन थाल्छन् । यीनलाई होमो ह्याविलस भनियो ।
पुनः धेरै वर्ष पछी, पनः उनीहरूले सिकारको खोजमा अन्यत्र जाने विचार गर्छन् । र, अफ्रिका देखि एशियासम्मको संघर्षपूर्ण यात्रा गर्दछन् । फलस्वरूप सिधा मान्छेको आकारमा आउन सक्दछन् । यीनहरूलाई होमो इरेक्टस भनियो ।
धेरै वर्षपछी यीनीहरूले वस्ति बसाउने सानदार विचर गर्दछन् र संघर्ष गरी साकार तुल्याउन् पनि । उनीहरूले नयाँ सभ्यताको विकास गर्दछन् । यीनीहरूलाई आज होमो सेपियन्स भनिन्छ, जो हामी हौ ।
विचारद्वारा कार्यको सुरूवात हुन्छ र संघर्षद्वारा त्यसलाई पूर्णताः दिइन्छ । विचारद्वारानै मानवजातीको सुरूवात भएको हो र संघर्षद्वारा सृष्टी ।
यो पनि याद राखौ, सकारात्मक विचारद्वारा भगवान बनिन्छ, नकारात्मकद्वारा शैतान बनिन्छ भने विचारै गर्न नसके नादान ।
COMMENTS