केशर भण्डारी 'यात्री' उठ्नुपर्छ अब । जाग्नुपर्छ, हिड्नुपर्छ त्यो महानता तर्फ, त्यो सफलता तर्फ । यहाँ, उठ्नेहरू मालिक बनिरहे, ...
 |
केशर भण्डारी 'यात्री' |
उठ्नुपर्छ अब । जाग्नुपर्छ, हिड्नुपर्छ त्यो महानता तर्फ, त्यो सफलता तर्फ । यहाँ, उठ्नेहरू मालिक बनिरहे, सुतेकाहरू सधै गुलाम बनिरहे । उठेकाहरूले उज्यालो भेटिसके, सुतेकाहरू अन्धकारमा रूमल्लिरहेका छन् । उनीहरूले स्वतन्त्रताको प्वंख फैलाई उडीरहेका छन्, हामी आफ्नै पिंजडामा कैद छौ । उनीहरू उचाइ चुम्दैछन्, हामीहरू बाँच्नका निम्ती संघर्ष गर्दैछौ । उनीहरूले महानताको मुर्ती खडा गरे र हाम्ले त्यसलाई पुज्दैछौ । हाम्रो जमात ९५% छ, उनीहरू मात्र ५% छन् तर संसार उनीहरूले हल्लाइरहेका छन्, हामी हल्लिरहेका छौ । भैगौ अब जाग्नैपर्ने भो, तोड्नुपर्ने भो चिर निद्रा, उठेकाहरूले हामीलाई कुल्चिएर हिडिरहे । उनीहरूले हाम्रो पिडाको कथा लेखे र साहित्यकार बने । आफ्नो दरिद्रताको चित्र कोरे र कलाकार बने । हामीलाई राज गरी नेता बने । यसर्थ अब उठ्ने पालो हाम्रो हो । अब हिड्ने पालो हाम्रो हो । औसत जिन्दगी घातक भयो, अब जिन्दगीमा क्रान्ती आवश्यक भो ।
उठौ, जागौ र आफू भित्रको प्रतिभाको मसाल बाली संघर्षको बलले विषमताको अन्धकारलाई चिर्दै असफलताको आगन हुदै अघि बढौ र सात अरबको भिडलाई देखाइदिऔ कि हामी पनि संसार हल्लाउन सक्छौ ।
COMMENTS