Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
![]() |
बुद्धिसागर |
२. अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन । आफूले 'आफ्ना' बारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।
३. एसएमएस जस्तो स्वाट्ट आउने र फ्याट्ट जाने कुरा नगर । कुरा गर त, चिठीजस्तो । ढिला आउने, पढिरहूँ लाग्ने ।
४. त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।
५. अहिलेका पीडाहरुनै पछि गएर जीवनका अमूल्य सम्पति हुनेछन् ।
६. बाटो ओरालो लागेर पातालै पुगेपनि एक न एकदिन उकालो लाग्छ । त्यसैले हिँड्न छाड्नु हुँदैन ।
७. सबैभन्दा ठूलो बरदान-- काम गरिगरि कामले नै थाक्नु । सबैभन्दा ठूलो श्राप-- आराम गरिगरि आरामले नै थाक्नु ।
८. शिशिरमा झरेको अन्तिम पातले बसन्तमा फूलहरुको लस्कर लिएर आउँछ । आँसु त्यतिकै खसेको होइन ...
९. फूलको काम फुल्ने हो, फुलिरहन्छ । मेरो बासनाको 'मूल्याँकन' भएन भनेर कचकच गर्देन।
१०. एकपल्ट आफूले दिएका आँसु पुछि दिएर त हेर, फेरि अरुलाई रुवाउन मन मान्दैन ।
स्रोत : बुद्धिसागरजीको फेसवुक पेज
अति उत्तम ।
ReplyDelete