डा विजय अग्रवाल तपाई कतै जादै हुनुहुन्छ तर बाटो थाहा छैन र कसैलाई सोध्ने हिम्मत गर्न सकिरहनुभएको छैन । तपाईले कक्षामा पढाइरहेको बुझ्नुभ...
![]() |
डा विजय अग्रवाल |
संगीतकार नौशाद मुम्वईमा संगीतकार बन्न गएका थिए । उनीबस्ने घर अगाडी फिल्म स्टुडियो थियो । उनी त्यहा जानुपर्छ भन्ने सोच्थे तर संकोचले जान सकिरहेका थिएनन् यसरी नै सवा वर्ष बित्यो र एकदिन हिम्मत गरेर गए । उनलाई सडक पार गरेर त्यहा पुग्न सवा वर्ष लाग्यो । यदि नगएका हुन्थे भने उनी सायदै संगीतकार बन्न सक्थे ।
संकोच कुनै गुण या बडप्पन होइन । यो कमजोरी हो । कतीपय ठूलालाई नमस्कार गर्न संकोच मान्छन्, यो अव्यावहारिकता हो । तपाई भित्रको जडता हो जसले तपाईलाई जकडेर गतिशिलतालाई रोकिदिन्छ ।
संकोच नराखनुहोस् । कसैसँग भेट्नुपर्छ भने मानिसले के भन्ने हुन् जस्ता कुराको वास्ता नराखी आफ्नो कुरा भन्नुस् । त्यो काम पुरा विनम्रताका साथ भन्नुस्, तर भन्नबाट नबच्नुस् । माग्नेले पाउने हो, माग्न नसक्नेले होइन । भनुँ की नभनु भन्नेमा समय खेर नफाल्नुस्, आखिर साहस गर्न डराइ 'भन्नेछैन' निर्णयमा पुग्नुहुनेछ । यसरी तपाईले एउटा राम्रो अवसर गुमाउनुहुनेछ । यसले तपाईलाई पछी पछुताउने पनि बनाउन सक्नेछ । यसलाई याद राखौ ।
- डा विजय अग्रवाल
(सं. यात्री केशर)
COMMENTS