क्रिष्टियानो रोनाल्डो विश्वकै सर्वाधिक धनी फुटवल प्लेएर हुन् । यद्यपी उनको वाल्यकाल गरिबीमा बितेको थियो भन्दा पत्याउन गाह्रो पर्छ । उनको ...

क्रिष्टियानो रोनाल्डो विश्वकै सर्वाधिक धनी फुटवल प्लेएर हुन् । यद्यपी उनको वाल्यकाल गरिबीमा बितेको थियो भन्दा पत्याउन गाह्रो पर्छ । उनको आमा वुवा कुक एवं मालीको काम गर्दथे । उनीहरूसँग पर्याप्त आवास थिएन यसर्थ उनी सानो कोठामा दाजु, दिदीसँगै बस्नुपर्थ्यो । उनले आजको स्थानसम्म आउन निकै दुःखदायी विगतसँग कठिन संघर्ष गरेका थिए । हाल उनी रियल मेड्रिड क्लवमा आबद्ध छन् । उनको मूल्य £122m रहेको छ ।
यस्तै आर्का सर्वाधिक धनी खेलाडी हुन् लियोनेल मेस्सी । उनको वाल्यकाल पनि गरिबीमा बितेको थियो । गरिब परिवारमा जन्मेका मेस्सीका बाबु स्टिल कारखानामा काम गर्दथे भने आमा पार्ट टाइम क्लिनर थिइन । दयनिय आर्थीक अवस्थाका कारण कुनैबेला उनले होटलमा वेटरको काम समेत गर्नुपरेको थियो । अझ उनलाई हर्मोन सम्बन्धी रोग लागेपछी खर्च धान्न धौ धौ परेको थियो । पछी उनको खुबीलाई चिनेर बार्सिलोनाले सदस्याता दिएपछी मात्र उनको सफलताको यात्रा सुरूवात भएको थियो । उनी हालसम्म वार्सिलोनामै आबद्ध रहेका छन् । उनको मूल्य 120.5m रहेको छ ।
COMMENTS