अल्बर्ट आइन्स्टाइन संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एक केटोले सोध्यो, 'सर आज सारा संसारमा तपाईको नाम चर्चित छ ।...
![]() |
अल्बर्ट आइन्स्टाइन |
'लगन,' आइन्स्टाइनले मुस्कुराउदै भने, 'यसको सूत्र लगन हो । जब म तिम्रो उमेरको थिए तब गणित देखि डराउथे, जस्तो आज तिमी डराउछौ । म धेरैजसो गणितमा फेल हुन्थे । मैले सजाय पाउथे, मेरा साथीहरू मलाई जितेर अघि बढ्थे । उनीहरू मेरो मजाक उडाउथे । म मन मारेर बस्थे । एकदिन मैले सोचे आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणित देखि डराउने गर्छु ? बस्, त्यो दिनदेखि मैले गणितका प्रश्नहरू समाधानको लागि निकाल्न थाले । याद राख, म बारम्बार असफल पनि भए । साथीहरूले खिल्ली उडाउन छोडेनन् तै पनि ममा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्नेछु । र यही लगनले मलाई आज यहाँसम्म पुर्यायो । लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले ।'...
लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो ।
स्रोत : प्रेरक प्रसंग
COMMENTS