यात्री केशर आशैका बिच निराशाको आउला पालो तिमी हिड्ने बाटो अझै होला उकालो सुखको सट्टामा दुःखको झरी पर्ला हास्न खोज्दा, आँखाबाट आशु झर्ला...
![]() |
यात्री केशर |
तिमी हिड्ने बाटो अझै होला उकालो
सुखको सट्टामा दुःखको झरी पर्ला
हास्न खोज्दा, आँखाबाट आशु झर्ला
बरू बस्नु, लिनु आराम तिमी, तर
जिन्दगीमा कहिल्यै नहार्नु तीमी ।
जीवनको मार्गमा धेरै घुम्ती आउला
ठेस ठक्करले झनै मुटु बिझाउला,
जाला हृदयमा पिडाको पहिरो
अन्तरहृदयको खत होला गहिरो
बरू खप्नु शिशिर, कुर्नु बसन्त तिमी
तर जीन्दगीमा कहिल्यै नहार्नु तीमी ।
कालो मेघकै डिलमा हुन्छ चाँदनी घेरो
उदाउनेछ सुनौलो विहान हटी अध्यरो
हिड्दै रहनु अघि नछोड्नु मूलबाटो
पक्कै फेरिनेछ जीवनको यो पाटो
प्रत्येक ढलाइ पछी उठ्दै रहनु तिमी
अघि बढ्नु तर कहिल्यै नहार्नु तिमी !
अह! कहिल्यै नहार्नु तिमी !
हिम्मत नहार्नु तिमी !!
हरेश नखानु तिमी !!!
- यात्री केशर
COMMENTS