यात्री केशर यस संसारमा कोही निकम्मा छैन । सबैसँग प्रतिभा छ, खुबी छ, क्षमता छ । फरक यत्ती हो जसले यसलाई चिन्न सके र यसैलाई समातेर माथी च...
 |
यात्री केशर |
यस संसारमा कोही निकम्मा छैन । सबैसँग प्रतिभा छ, खुबी छ, क्षमता छ । फरक यत्ती हो जसले यसलाई चिन्न सके र यसैलाई समातेर माथी चढे उनीहरू महान् कहलाइए र तिनीहरू जसले आफ्नो प्रतिभालाई चिन्ने प्रयत्न नै गरेनन् या माथी उठ्ने साहस गर्न सकेनन् उनीहरू सात अरबको भिडमा हराइरहे । सबैको एउटा प्यासन हुन्छ... महान् फुटवलर पेलेले गिरिबीमै पनि झुम्राको बलमा खाली खुट्टा फुटवल खेलीरहे । मोजार्टले कठ्यांग्रिएको हातमा मोजा लगाएर पनि संगित साधना गरिरहे । खाने छाक कटाएर किताब किन्ने हेनरिक इब्सन, दिउसो चर्को घाममा पनि क्रिकेट खेल्ने तेन्दुल्कर, कलेज छाडी फिल्म खेल्ने ब्रुस ली यी सबैमा एकै समानता थिए उनीहरूले आफ्नो प्रतिभा चिने र हरहालतमा प्रतिभालाई फैलाउने हिम्मत गरे । र त उनीहरूले आफ्नो प्रतिभाले नै संसार हल्लाउन सके । हामी पनि पेले-रोनाल्डो हौ, इब्सन-मोजार्ट हौ, फरक यत्ती हो उनीहरू उठेका पेले हामी सुतेका पेले । उनीहरू उठेका मोजार्ट हामी सुतेका मोजार्ट । उनीहरू प्रतिभा फैलाएर विश्वमा छाएका 'ग्ल्यामर' हामी प्रतिभा दबाएर आफैभित्र खुम्चिएका 'लठुवा' ।
प्रतिभा समातौ अघि बढौ...हाम्ले पनि संसार हल्लाउन सक्छौ...नेपाल बाटै । चेतना भया । - यात्री केशर
COMMENTS