Yatri Keshar यदि तपाई आफ्नो क्षेत्रमा वास्तविक सफलता पाउन चाहनुहुन्छ भने तपाईमा एउटा चिज हुनै पर्दछ, तपाईले गरिरहेको काम प्रति प्रेम । ...
![]() |
Yatri Keshar |
के तपाईले याद राख्नुभएको छ, थोमस एडिसनले आविष्कारमा व्यस्त रहदा खाना खान समेत विर्सन्थे, भनिन्छ उनले आफ्नै नाम समेत विर्सेका थिए । माइकल एञ्जेलोले पर्खालमा महान् जियसको विशाल तस्विर बनाइरहदा उनको टाउको नै बांगिएको थियो । हेनरिक इब्सनले आफ्नो खाना कटाएर पुस्तक किन्थिन् । पेलेसँग जुत्ता र बल नहुदा पनि फुटवल खेलिरहन्थे । अब्दुल कलाम रातको ३ बजे उठेर पनि मिटङ बस्न सक्दथे । मोजार्टले जाडो र भोकका बिचमा पनि संगितलाई छाडेका थिएनन् । ब्रुस ली दैनिक २० घण्टे मेहेनत गर्दथे । मुहम्मद अली दैनिक ६-६ घण्टासम्म प्रशिक्षण गर्दथे । वाल्ट डिज्नेले कम्पनि खोल्नका लागि सम्पूर्ण जायजेथा दाउमा लगाएका थिए...। जति पनि सफलतम व्यक्ति छन् ति सबै आफ्नो कार्यलाई प्रेम गर्दथे । आफ्नो कार्य प्रतिको प्रेमले नै उनीहरू सफल बन्न सकेका हुन् ।
भोकेसनलाई भ्याकेसन बनाउन सक्नुपर्यो, कामलाई खेल बनाउनुपर्यो तब मात्र तपाईको क्षमता सफलतातर्फ अघि बढ्नेछ ।
By Yatri Keshar
COMMENTS