थियोडोर रूजवेल्ट आलोचक महत्वपूर्ण हुँदैन, न त त्यो मानिस महत्वपूर्ण हुन्छ जसले भन्ने गर्छ शक्तिशाली मानिस कसरी लर्खराउन गर्थे वा काम गर...
 |
थियोडोर रूजवेल्ट |
आलोचक महत्वपूर्ण हुँदैन, न त त्यो मानिस महत्वपूर्ण हुन्छ जसले भन्ने गर्छ शक्तिशाली मानिस कसरी लर्खराउन गर्थे वा काम गर्ने मानिस कसरी राम्रो काम गर्न सक्छ । खास श्रेय त त्यो मानिसले पाउनुपर्ने हो- जो साच्चिकै मैदानमा लडिरहेको हुन्छ, जसको अनुहार धुलो, पसिना र रगतले लतपतिएको हुन्छ, जसले विरताले पिछा गर्छ, जसले गल्ती गर्छ र बारम्बार असफल हुन्छ (किनकि गल्ती र असफलताबिना सफलता प्राप्त हुदैन), जसको निष्ठा प्रबल हुन्छ, जसको उद्देश्य महान् हुन्छ, जो सर्वश्रेष्ठ रूपमा अन्तिम महान् विजय हासिल गर्दछ । यदि उ असफल हुन्छ भने पनि, उसलाई थाहा छ कि ऊ असफल भएको त छ तर उसले महान् जोखिम मोलेको थियो यसैले उसको स्थान ती नामर्द र कायर मानिसहरूको जस्तो कहिल्यै हुनेछैन जसले न विजय जानेका छन् न पराजय ।
स्रोत : चिकेन सुप फर द सोउल
अनु : पुण्य प्रशाद प्रसाई
COMMENTS