९९% मान्छेहरू आफ्नो आन्तरिक शक्तिलाई नचिनेर कायरको जिन्दगी बाचिरहेकाछन् । उनीहरू आफूलाई त्यही सोच्दछन् जस्तो बाहिरबाट हेर्दा देखिन्छन्, एक ...

एक पटक आफ्नो सामान्य स्थानबाट जागेर हेर्नुहोस् त तपाई कहाँको कहाँ पुग्नुहुनेछ । इतिहास साक्षि छ । हिटलर को थिए, उनी भिखारी जस्तै थिए । बाउको सधै पिटाइ खान्थ्यो । उमेरपुगेपछी नियममुताविक उसलाई सेनामा भर्ती गराइयो । उसलाई हेरेर अन्यले जिस्काउथे, यो त लडाइको बेला कट्टु समातेर भाग्नेछ । तर जब ऊ पहिलो विश्वयुद्धमा लड्नु या मर्नुको साँधमा आयो उसले अभुतपूर्व विरता देखायो । किनभने उससँग तेस्रो विकल्प थिएन । उसले थुप्रै मेडल पायो । तर पनि जर्मनी प्रथम विश्वयुद्धमा नराम्रोसंग हार्यो । उसले यसलाई इखको रूपमा लियो, जर्मनी हार्न सक्दैन, मैले यसलाई जिताउनैपर्छ । र त्यहीबाट त्यो भिखारी केटोले आफ्नो अन्तस्कारणको शक्ति प्रस्फूटित गर्यो । मनिसले उसलाई एडोल्फ हिटलर उर्फ फ्युहररका भुल्नै नसक्ने गरि चिने । उसैको इखले दोश्रो विश्वयुद्ध जन्मियो ।
कोही पनि जन्मजातै सफल हुदैन । तर सफलताको चाबी बोकेर भने जन्मिएका हुन्छन् । तपाई आज के हुनुहुन्छ, यसले केही फरक पार्दैन । उठ्नुहोस्, तपाई कहाँ पुग्ने तय गर्नुहोस् र आफ्नो आन्तरिक शक्ति जगाएर लम्कनुस त्यतैतर्फ । हाम्रो शुभ-कामना छ, तपाईलाई ।
COMMENTS