Education (शिक्षा) शब्द ल्याटिन भाषाको Educare बाट आएको हो जसको अर्थ हुन्छ बाहिर निकाल्नु । प्रतिभा, खुबी, इच्छा, चाहना.... लाई बाहिर निकान...

हाम्रो शिक्षा दिने पद्धती यती निरश छ कि पुस्तक देखिनै हामीलाई घृणा जाग्छ । एक तथ्यांक अनुसार कलेज छोडेपछी ५५ प्रतिशतले किताबै पढ्दैनन् । पढाउने नाममा हामीले वालकलाई परतन्त्रमा कैद गरेका छौ । उसलाई हामीले मनको गहीराइमा डुबुल्की मारेर प्रतिभारूपी रत्न ल्याउने मौका कहिल्यै दिदैनौ । उसलाई प्वंख फैलाएर खुला गगनमा उड्दै सपनाको चन्द्र चुम्ने स्वतन्त्रता दिदैनौ । पुरै दिन जिज्ञासु आँखाले के देख्छन् ? चिच्याहट लाग्दा सेता भित्ता । शिक्षा कण्ठ गराइमाग्नुमा छैन । शिक्षा परिक्षाको त्रासमा होइन । शिक्षा गृहकार्यको बोझमा हुदैन । शिक्षा सजायको पिडामा हुदैन । शिक्षा ऐठान बन्नु हुदैन ।
शिक्षा त्यो पखेटा हुनुपर्छ जसले बलकलाई उडाएर सपनाको चन्द्र पुर्याओस् । शिक्षा त्यो गोडमेल हुनुपर्छ जसले प्रतिभाको विउ टुसाएर हृदयबाट माथी बढोस् । शिक्षा त्यो बादल हुनुपर्छ जसले स्वतन्त्रताको गगन सयर गराओस् । शिक्षाले मानवता सिकाओस्, भाइचारा सिकाओस्, सहमती सिकाओस्...। र, यो संसार स्वर्ग जस्तै बनोस् ।
- यात्री केशर
COMMENTS