लालबहादुर शास्त्री लालबहादुर शास्त्री ठूला समाजसेवी थिए तर उनी आफ्नो नाम चर्चामा आओस् भन्ने चाहदैन थिए । उनी लोकप्रियताको प्यासी थिएनन्...
![]() |
लालबहादुर शास्त्री |
एक दिन उनका साथीले उनलाई सोधे, 'शास्त्रीजी, तपाईलाई पत्रिकामा नाम छपाउन यतिका डर किन ?'
शास्त्री केही बेर सोच्दै भने, 'मित्र मलाई लाजपात रायको एउटा भनाइ सधै याद रहन्छ, उनले भनेका थिए 'लालबहादुर, ताजमहलमा दुइ प्रकारका ढुंगा रहेका हुन्छन् । एउटा राम्रो खालको टल्कने सिंगमरमरको ढुंगा छ, जुन संसारले देख्छ, फोटो खिच्छ र प्रशंसा गर्छ । अर्को त्यो ढुंगा जुन ताजमहलको जगमा लगाइएको छ, जसको जीवनमा केवल अँध्यारो नै अँध्यारो हुन्छ । तर ताज महललाई त्यसैले ठड्याउने गर्छ, ढल्न दिदैन ।' र म त्यो जगको ढुंगा बन्न चाहन्छु मित्र ।'
COMMENTS