डा. विजय अग्रवाल के तपाई मलाई एउटा कुनै यस्तो मानिसको नमा बताउन सक्नुहुन्छ जसको जीवनमा कुनै संकटनै नआएको होस् । चाहे ती किष्ण, क्राइष्ट...
![]() |
डा. विजय अग्रवाल |
महान् संगितकार विथोविन जसको संगितको धुनमा अद्भुद जाँदु थियो, उनले आफ्नो जीवनमा केवल दुइ चिज मात्र पाएका थिए - दुःख र संगित । होल्कर महारानी आहिल्याबाबको जीवनी पढ्दा लाग्छ उनी दुःख पाउनकै लागि जन्मेकी थिइन् । गजल गयक जगजीत सिंहले आफ्नो जवान छोरा गुमाएपछी कठिनताले आफ्नो गायकी गुमाउनबाट बचे । अब्दुल कलामको परिवारमा लगातार जीन जनाको मृत्युभएको थियो ।
जब दुःखको पहाड हामीमाथी खस्दछ तब आत्तिनु हुदैन, संकटको घडीमा तपाई साहस राख्न सक्नुपर्दछ र साहस उपदेश र किताबबाट आउदैन । यो जीवनको त्यो महान् गुण हो, जुन केवल गर्दा मात्र आउँछ र संकटको घडी केवल महान् अवसर हुन्छ, जब तपाई आफ्नो साहसको लागि केही गर्न सक्नुहुन्छ ।
राइट दाजुभाइ जब आफ्नो पहिलो उडान परिक्षण गरिरहेका थिए, तब अचानक मौसम खराब भयो । यसबाट उनीहरू निरास भएनन् बल्की आफ्नो मेसिनमा भएको थप एक गल्ती पत्ता लगाए । थोमस एडिसनले एक नयाँ आविष्कारमा धेरै पैसा लगाए तर केही नतिजा निस्केन । अन्त्यमा काम छोडिदिए र साथीहरूसँग भने 'मलाई लाग्छ यसरी बेकारमा धन खर्च गर्नुमा पनि छुट्टै आनन्द छ ।'
हामीले आफ्नो संकटको समयलाई परीक्षाको घडीको रूपमा लिएर त्यसको अधिकतम फाइदा उटाउने कोसिस गरौ । र यो कुरा सधै याद राखौ 'हिउँ खसिरहेकोछ तर उदास नहोऊ, किनकि हिमपातपछि सूर्यको उष्मा अवश्य आउँछ ।'
- डा. विजय अग्रवाल
COMMENTS