बुद्धलाई कसैले आएर सोध्यो - के तपाई भगवान् हुनुहुन्छ ? बुद्धले भने - अहँ, होइन । के तपाई देवदूत हुनुहुन्छ ? बुद्धले फेरि भने - अहँ, होइन । ...

बुद्धले भने - अहँ, होइन ।
के तपाई देवदूत हुनुहुन्छ ?
बुद्धले फेरि भने - अहँ, होइन ।
उसले फेरि सोध्यो - के तपाई ईश्वर-पुत्र हुनुहुन्छ ?
बुद्धले फेरि भने - अहँ, होइन ।
उसले प्रश्न गर्दै गयो - के तपाई अवतार हुनुहुन्छ ?
बुद्धले पुनः टाउको हल्लाउदै दोहोर्याए - बिल्कुल होइन ।
अन्त्यमा उसले सोध्यो - तपाई को हुनुहुन्छ त ?
बुद्धले मुस्कुराउदै भने - म जागृत मानव हुँ ।
वास्तवमा दुनियाँभरका मानिसहरू बुद्ध नै हुन् । फरक यतिमात्र छ, तपाई सुतिरहेको बुद्ध र बुद्ध उठिसकेको मान्छे । दुनियाका सबै आइन्स्टाइन, मार्क्स, प्रिस्ले, शेक्सपियर, माइकल ज्याक्सन, पेले आदि आदि - फरक यत्ति कि उनीहरू उठीसकेको र तपाईहरू सुतिरहेको । र, जब तपाई जाग्नुहुन्छ तब तपाई पनि बुद्ध तपाई पनि आइन्स्टाइन.... ।
COMMENTS