साइवर अपराधका बारेमा अत्यन्त महत्वपूर्ण जानकारी ₹ साइवर अपराध के हो ? कम्प्युटर एवं नेटवर्कको प्रयोग द्वारा निती एवं नियम विपरित कार्य ग...

साइवर अपराधका बारेमा अत्यन्त महत्वपूर्ण जानकारी
₹ साइवर अपराध के हो ?कम्प्युटर एवं नेटवर्कको प्रयोग द्वारा निती एवं नियम विपरित कार्य गर्नु साइवर अपराध हो ।
₹ साइवर अपराध भित्र के के पर्दछ ?
साइवर अपराध अन्तर्गत कल बाइपास, इमेल/एसएमएस धम्की, फेसवुक इम्पोस्टर, पासवर्ड ह्याकिङ, फिसिङ तथा तथ्याङ्क चोरी आदि पर्दछन् ।
₹ साइवर अपराधमा परिए के गर्ने ?
साइवर अपराधबारे थाहा भएको ३५ दिनभित्र प्रहरीमा खबर गर्नुपर्ने कानुनी प्रावधान छ ।
₹ सजायको व्यवस्था कस्तो छ ?
विद्युतीय कारोबार ऐनमा साइबर अपराध गरेको पुष्टि भएमा ५० हजारदेखि ३ लाखसम्म जरिवाना र ६ महिना देखि पाँच वर्षसम्मको कैदको व्यवस्था गरिएको छ ।
₹ यसबाट सुरक्षित रहन के गर्ने ?१. सरल प्रकृतीको पासवर्ड नराख्ने ।
२. सत्य-तथ्य जानकारी सबैका लागि खुला नगर्ने ।
३. म यहाँ छु, यती समय बाहिर छु जस्ता नितान्त व्यक्तिगत जानकारी युक्त स्टाटस नराख्ने ।
४. जातीय घृणा, अश्लील र कानुनले निषेध गरेका फोटा नराख्ने ।
५. आफ्ना कमजोरी वा गल्तीलाई फेसवुकमा नराख्ने ।
६. फेसवुक वालमा आनौठो वाक्य वा शंकास्पद लिंक छन् भने त्यस्ता लिंक क्लिक नगर्ने ।
७. अन्जान व्यक्तिसँग विना परिचय सम्बन्ध नराख्ने ।
८. इन्टरनेटका सबैकुरामा विश्वास नगर्ने ।
९. अर्काको तस्विर विगारेर नराख्ने ।
१०. नयाँ कुरा सिक्ने चौतारीको रूपमा इन्टरनेटलाई लिने ।
COMMENTS