ल्यांग्स्टन ह्यूज प्रिय छोरा, तिमीलाई म भन्न चाहन्छु मेरो लागि जिन्दगी कुनै शीशाको सिँढी थिएन । यसमा नांगा किलाहरू अनी पेचहरू थिए जहाँ ...
![]() |
ल्यांग्स्टन ह्यूज |
मेरो लागि जिन्दगी कुनै शीशाको सिँढी थिएन ।
यसमा नांगा किलाहरू अनी पेचहरू थिए
जहाँ काठहरू उप्किएका थिए
र, विच्छ्याउने गंलैचा थिएन
ति ठाउँ खली थिए ।
तर हरेक समय
म यसमा चढ्ने गर्थे
र, कयौं पटक अध्याँरोमा हिड्ने गर्थे,
जहाँ कुनै उज्यालो थिएन ।
यसैले, प्रिय छोरा
कठिन भयो भनेर
आफ्ना पाइलाहरू नमोड्नु ।
बीच सिंढीमै नबस्नु ।
र, नलड्नु
किनकि म अझै हिडिरहेकै छु, छोरा
म अझै चढिरहेकै छु ।
हुन त मेरो जिन्दगी शीशाको कुनै सिँढी थिएन ।
- ल्यांग्स्टन ह्यूज
COMMENTS