अल्बर्ट आइन्स्टाइन स्कूलेकालमा बुद्धू विद्यार्थीका रुपमा परिचित अल्बर्ट आइन्स्टाइनले विज्ञानमा क्रन्ति गरेपछि उनको नाम विश्वमै प्रख्यात...
![]() |
अल्बर्ट आइन्स्टाइन |
यसै सिलसिलामा उनको विश्वप्रख्यति देखेर बेल्जियमकी महारानीले उनलाई विशेष निमन्त्रणा गरिन् । यूरोपको एउटा देश बेल्जियमको रजधानी ब्रसेल्समा आउनका लागि उनलाइए विशेष आमन्त्रणा गरिएको थियो । महारानीको निमन्त्रणा स्विकार गरी उनी ब्रसेल्स तिर हिडेँ ।
महारानीले आइन्स्टाइनलाई लिनका लागि रेलवे स्टेसनमा उच्च स्तरीय सरकारी अधिकारीहरुको दलनै पठाएको थिइन । रेलवे स्टेशन पुगेका सरकारी अधिकारीहरुले आइन्स्टाइनलाई धुइधुइती खोजे तर उनीहरुले उनलाई चिन्न नै सकेनन् । रेलवे स्टेशनमा एकछिन अघिनै आएर बसेका आइन्स्टाइन भने अत्यन्त सादा पोसाकमा थिए । उनी शूटेड बूटेड भएर हिड्ने मान्छे नै थिएनन् । निकै नै सरल र सादा जीवन बाँच्ने मानिस थिए । त्यसैले आइन्स्टाइनलाई रेल्वे स्टेशनमा चिन्न नसकेर निराश भएका सरकारी अधिकारीहरु खालि हात नै राजदरवार फर्के ।
सरकारी अधिकारीहरुले आइन्स्टाइनलाई साथै लिएर आउन नसकेका कारण बेल्जीयमको राजदरबारमा तहल्का नै मच्चियो । तर त्यसै बीच, एउटा हातमा सानो ब्याग अर्को हातमा भ्वायलिन लिँदै आइन्स्टाइन सजिलैसँग राजदरबार पुगे । त्यसले पनि राजदरबारमा झन भुइचालो नै ल्याइदियो । महारानीले सरकारी अधिकारीहरुबाट आइन्स्टाइनको स्वागतमा भएका कमी कमजोरीहरुका कारण खेद प्रकट गर्दै आइन्स्टाइनलाई स्वागत गरिन् ।
COMMENTS