केशर भण्डारी शून्य समय साथ सन्नाटाका बीच तीम्रै करतल आवाज सुन्नका लागी अन्तर हृदयका घुम्तिहरुमा म चक्कर लगाइरहेको छु, कुदिरहेको स...
![]() |
केशर भण्डारी |
सन्नाटाका बीच
तीम्रै करतल आवाज
सुन्नका लागी
अन्तर हृदयका घुम्तिहरुमा म
चक्कर लगाइरहेको छु,
कुदिरहेको समयलाई
एक पाइलो उछिन्दै
श्वेत पृष्ठभूमिमा
तीम्रै ओजस्वी दृश्य
देख्नका लागी
दिवा स्वप्नमा म
जीवन बिताइरहेको छु
तिमीले उपहारमा दिएका
अनगिन्ती पिडाहरुले
यो हृदयमा
गहिरो खत बसालेको छ
र, म भोलि घट्ने क्रान्तिको
देखिरहुलाग्ने सपना देख्दै
अझै पनि म
तिमै भएर बाँचिरहेछु,
तिमी विश्वास गर
मेरो कुनै दोस्रो सपना छैन
र, याद गर्ने अर्का तरंगहरु
यो जर्जर जीवनको
बाँकी आवश्यकताहरुलाई पन्छाइ
तिम्रै जीवनको वैशाखी
खोजिरहेछु
सक्छौ त
मेरो छाती चिरेर
अविराम धड्कने मुटु हेर
त्यहाँ तिम्रै
ताता प्यरहरु बगिरहेछ,
मेरा आँखा च्यातेर हेर
त्यहाँ तिम्रै
सजीव दृश्यहरु नाचिरहेछन,
मलाई नभुल
म अझै तिम्रै यादमा बाचीँरहेछु
सुदूर भविष्यको स्वप्नमा पुग्न
विगत देखि पाइलाहरू
घिसारीरहेछु,
चाहे
पीडाले घोचोस् या
असफलताले थिचोस
म तिम्रै खातिर बनेका
जीउदा आकाङ्क्षाका साथ बाँचिरहने छु
युगौँ युग सम्म
युगौँ युग सम्म...........।
- केशर भण्डारी
COMMENTS