सुकरात एक युवकले सुकरातलाई सोधें कि उनलाई बुद्धि कसरी मिल्न सक्छ । 'मसँग आऊ', सुकरातले जवाफ दिए । त्यस युवकलाई लिएर सुकरात नदीम...
![]() |
सुकरात |
'मसँग आऊ', सुकरातले जवाफ दिए । त्यस युवकलाई लिएर सुकरात नदीमा गए र शिर डुबाइदिए । उनले युवकलाई सासको लागि नछट्पटाउदासम्म डुबाइरहे । अनि उसलाई छोडिदिए ।
जब युवक केही सहज अवस्थामा आयो तब सुकरातले उसंग सोधे, 'जब तिम्रो शिर पानीमा डुबेको थियो, त्यसबेला तिमीले सबैभन्दा बढी के को चाहाना गर्थ्यौ ?'
'हावाको' युवकले उत्तर दियो ।
'डुबेको बेला हावा चाहेजस्तै बुद्धिलाई चाहने हो भने त्यो अवश्य मिल्नेछ ।'
COMMENTS