तपाइले कसैसँग प्रेम गर्नुहुन्छ र प्रेममा प्रेमी या प्रेमीका लाई अझ नजिक वा भनौ अझै गाढा प्रेम दर्साउन चाहानुहुन्छ तर यसका लागि के कस्तो व्य...

१) कल्पना
यो स्वस्फुर्त रुपमा हुने कुरा हो । तर पनि यदि तपाइ कल्पनाको सहि उपयोग गर्न सक्नुभयो भने चमत्कारिक नतिजा पाउनुहुनेछ । तपाइले लक्षित व्यक्तिको बारेमा केही गहिरा कल्पनाहरू हरदम गरिरहनुहोस जस्तै की सँगै बसेर पेय पदार्थ पिइरहेको, कतै पुरा मनोरञ्जनका लागि घुम्न गएको, चुम्बन गरेको आदि आदि । कल्पना भोलि हुनेछ भनेर होइन भइरहेको छ भनेर गर्नु उपयुक्त हुन्छ । याद रहोस की कल्पनाको सिधा सम्पर्क अवचेतन मन सँग हुन्छ र अवचेतन मनले कल्पनालाई वास्तविकतामा उतार्न सहयोग पुराउदछ ।
२) मुस्कान
मुस्कान हेर्दा सामान्य क्रिया जस्तो लाग्छ तर यसको असर जादुको जस्तो हुन्छ । तपाइ तपाइको लक्षित व्यक्तिले हेरेको बखत सानदार मुस्कान छोड्न कहिल्यै नबिर्सनुस । मुस्कान यस्तो हो जसको प्रतिक्रिया नआउने सम्भावना ज्यादै न्यून हुन्छ । यसले विचार सकारात्मक बनाउन सहयोग पुराउदछ ।
३) बोली
वास्तवमा शब्दमा शक्ति हुन्छ । अवस्था अनुसार यसले अकल्पनिय कार्यहरु समेत गर्दछ । धेरै नवप्रेमीहरुको के कमजोरी देखिन्छ भने उनिहरु मनको कुरा खोल्न डराउदछन । बोल्नुपर्छ भन्ने थाहा हुदाहुदै पनि त्यसलाई व्यवहारमा उतार्न सधैं असफल हुन्छन् । तपाइ साहस गरेर बोल्नुहोस् । अभ्यास गर्नुहोस् तर बोल्दा गल्ती बोलिन्छ की भनेर या अन्य नकारात्मक कुराहरू सोचेर बोल्न नडराउनुहोस । बोल्दा लक्षित व्यक्तिको प्रशंसा गर्न कहिल्यै नबिर्सनुहोस । मानव यस्तो प्राणी हो जो जन्मँदा देखिनै प्रशंसाको भोको हुन्छ । वार्तालाप सकेसम्म अर्थपूर्ण बनाउनुहोस । लामो बार्तालाप ज्यदा उपयुक्त हुदैन । थोरै मीठो को नियमलाई नबिर्सनुहोस । कुराको अन्त्य उत्साहजनक अवस्थामा आफ्ना अन्त्यका कुरा राख्दै विशेष रुपबाट गर्नुहोस् जसले छाप छोड्न सकोस् । वार्तालाप पछि नकारात्मक कुरा ज्यादा नसोच्नुहोस ।
४) व्यक्तित्व
तपाइले आफ्नो दैनिक व्यवहारलाई केही व्यवस्थित र आकर्षक बनाउने प्रयास गर्नुहोस् । यसले तपाइ प्रति हेरिने सबैको दृष्टिकोण सकारात्मक बनाउदछ । अझ तपाइले आफ्ना पुरुषर्थहरु उचित समयमा व्यवस्थित र सन्तुलित तरिकाले प्रस्तुत गर्नुहोस् । नराम्रो व्यक्तिलाई कसैले पनि रुचउदैनन तसर्थ राम्रो बन्ने प्रयास गर्नुहोस् ।
५) व्यवहार
सत्यता प्रकट गर्न नडराउनुहोस तर विवेकको प्रयोग गर्न नभुल्नुहोस । तपाइ उसलाई प्रेम गर्नुहुन्छ प्रत्यक्ष भन्नु भन्ने छैन तर व्यवहारले सधैं यस्तो भनिरहनुहोस । अवस्था अनुसार साथ, सहयोग, सल्लाह प्रदान गरिरहनुहोस । तपाइको लक्षित व्यक्तिको प्रकृति हेरी अनुकूल कदमहरू चालीरहनुहोस । तपाइका प्रत्येक कदमहरूले उसको मानसपटलमा सकारात्मक छाप छोड्न सक्ने खालको हुनुपर्दछ ।
अन्त्यमा, नहतारीनुहोस । धैर्य गर्न सिक्नुहोस् । समय लागेर पाकेको फल मीठो हुन्छ । मनमा पुरा विश्वास राख्नुहोस् । सानातिना असफलताहरु सँग कहिल्यै नडराउनुहोस । हिम्मत राख्नुहोस् । सफलता सत प्रतिशत हाजिर छ । बेस्ट अफ लक ।
COMMENTS