चार्ली च्याप्लिन विश्वका चर्चित हास्यअभिनेता चार्ली च्याप्लिनको बाल्यकाल अत्यन्तै दुःखद थियो । मानसिक रोगका कारण उनकी आमा अस्पतालमा थ...
![]() |
चार्ली च्याप्लिन |
विश्वका चर्चित हास्यअभिनेता चार्ली च्याप्लिनको बाल्यकाल अत्यन्तै दुःखद थियो । मानसिक रोगका कारण उनकी आमा अस्पतालमा थिइन् भने बाबुले उनको वास्ता गर्दैनथे । त्यसैले बाल्यकालमा उनले भाइ र आफ्नो हेरचाह गर्नुपरेको थियो । च्याप्लिनले आफ्नो भाइको हेरचाहका लागि सानैदेखि सडकमा हास्यँ सो देखाउन थालेका थिए । १९ वर्षको उमेरमा त उनले फ्रेड कम्पनीसँग काम गर्ने अवसर पाए । त्यसपछि उनी पछाडि फर्कनुपरेन । उनले चलचित्र कम्पनी पनि खोले । त्यसपछिका उनका चलचित्र सबै सफल भए । सन् १८८९ मा जन्मेका च्याप्लिन १९४० मा विश्वका धनी कलाकारका रूपमा गनिन थाले । सन् १९७७ मा मृत्यु हुदाँ उनको आर्थिक स्थिती मजबुत थियो ।
स्रोत : नयाँ पत्रिका
COMMENTS