$type=slider$snippet=hide$$b=none$cate=0$title=none$d=none$cm=none$au=none$rm=0$show=home

$show=home

साथी कपिलका १५ मननीय भनाइहरु

१. कसैले तिमीलाई नराम्रो व्यवहार गर्यो भनेर दुःखी नबन किनकी सबैले आफ्नो औकात अनुसारको व्यावहार देखाउने हो । यहाँ जहिले पनि कागति निचो...



१. कसैले तिमीलाई नराम्रो व्यवहार गर्यो भनेर दुःखी नबन किनकी सबैले आफ्नो औकात अनुसारको व्यावहार देखाउने हो । यहाँ जहिले पनि कागति निचोर्दा कागतिको रस आउँछ, सुन्तला निचोर्दा सुन्तलाको रस, जसको भित्र जे छ त्यहि बाहिर आउने हो ।

२. अलैचीको दानाहरु जस्तै भाग्य छ मेरो, सुगन्ध त्यति नै फैलियो जति म पिसिदै गए ।

३. युद्धमा जितेको भन्दा हारेको सिपाही बलियो हुन्छ किनकि सबैभन्दा बलियोको प्रहार उसले मात्र भोगेको हुन्छ जुन अवसर जित्नेले पाउँदैन ।

४. जिन्दगीमा तपाईं जे गर्न चाहनुहुन्छ त्यो अवस्य गर्नुस ,  यो नसोच्नुस कि मान्छेले के भन्लान ? किनकी मान्छेले तब पनि भन्छन जब तपाईं केही गर्नु हुन्न ।

५. हावा उस्तै , पानि उस्तै , माटो पनि उस्तै तर पनि हाम्रो फुलाई फरक छ किनकि हामि प्रत्येक उत्पति हुने बिउ नै फरक थियो, तसर्थ हामि सबै फरक छौ र त संसार रंगिन अनि मन-मोहक छ ! म फरक छु र त तथ्य-परक छु ।

६. समस्या त कसलाई पो नहोला र तर प्रतिकुल "परिस्थिति" मा पनि "मनस्थिति" लाई "यथास्थिति" मा राख्नन सिक्नु , त्यसपछि त बिचरा प्रतिकुल बाधा बनेर आएको समस्या ले पनि पाठ सिकाएर गईदिन्छ ।

७. यता बगैचामा मल-जल गरि उमारेको बोट ले पनि राम्रो फल दिदैन अनि उता ढुंगाको चट्टान लाई फोडेर "पिपल" उम्रिन्छ अनि, पिपलको पुजा गरिन्छ I त्यसैले होला भनिएको "कमजोर त्यो हुन्छ जो गुनासो गर्दै जिउछ, उठ्ने मान्छे त ढुङ्गाको छाती फोडेर पनि निस्कन्छ" ।

८. आखिर मग-मग बसाउने PERFUME पनि त कोमल फुल लाई चुडेर-च्यापेर-पेलेर नै तयार गरिन्छ,अहिले समस्या भोग्दै हुनुहुन्छ भने मान्नुस कि भविष्यका लागि सुगन्ध तयार गर्दै हुनुहुन्छ l

९. जीवनलाई "भागेर" होइन "भोगेर" जिउनुपर्दछ ।

१०. मानिस लाई प्रयोग र वस्तु लाई माया दिन होइन, वस्तु लाई प्रयोग र मानिस लाई माया दिन सिक्नुहोस ।

११. हेर्न मात्र जान्नु पर्छ हजुर यहाँ त "संघर्ष" भित्र पनि "हर्ष" लुकेको छ ।

१२. आफुलाई अरुजस्तो बनाउन खोजेर तिमी "आफ्नै" अस्तित्व को हत्या नगर I तिमी फरक छौ, तसर्थ तथ्य परक छौ ।

१३. याद गर्नुहोस् स्वर्ण पदक विजेता ले पनि पदक ग्रहण गर्दा शिर झुकाउनै पर्छ, झुकावआवश्यक छ तर आफु नै भाचिने गरि झुक्नु पनि हुदैन ।

१४. बदला" लिएर होइन "बदलिएर" देखाऊ, दुनिया फरक पाउनेछौ ।

१५. भूगोल सुन्दर भयो भन्दैमा वस्ति सुन्दर हुनुपर्दछ भन्ने छैन, भूगोल प्रकृतिले बनाउछ त वस्ति मानिसले ।

वक्ता : कपिल शर्मा

COMMENTS

BLOGGER: 4
  1. ज्ञान सिप र धारणा पछि अब व्यवहार को पालो !! अहिले नगरे कहिले अनि मैले नगरे कसले गर्ने त ??

    ReplyDelete
  2. उत्कृष्ट भनाई

    ReplyDelete
माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्न सक्नुहुनेछ । Facebook मार्फत प्रतिकृया दिनको निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

Name

English,1,Featured,5,उखान टुक्का,5,उपयोगी लेखहरू,23,कथा,6,कविता,23,कहावत,2,जिवनी,8,जीवन दर्शन,2,प्रेरक प्रसंग,32,भनाइहरु,72,मेरो विचार,8,रोचक प्रसंग,5,लघुकथा,7,लेख,4,लोकप्रिय भनाइहरु,34,विकाशानन्द विचार,8,विचार,7,विविध,10,विश्व साहित्य,46,विषय विशेष भनाइ,15,व्यक्ति विशेष भनाइ,25,शिक्षा दर्शन,9,सफलताका लागि,56,सूचना तथा समचार,5,स्तम्भ,69,हेराइ र बुझाइ,7,
ltr
item
प्रेरक संसार: साथी कपिलका १५ मननीय भनाइहरु
साथी कपिलका १५ मननीय भनाइहरु
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEie0NnZBHb276sbebE40mwvrsy70KB7gt8PfOVKVj_FJoeqfuhPiy3VeLMevriQF7b6uAj7vTRh7D8QnGBUF5trTvZaVWSCcB72kPovdtqqNeyri25oHgx2fXMIwDzIv7xd7YJ3CKLN9k2A/s320/23119973_1962098360731595_2003395369480660199_o.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEie0NnZBHb276sbebE40mwvrsy70KB7gt8PfOVKVj_FJoeqfuhPiy3VeLMevriQF7b6uAj7vTRh7D8QnGBUF5trTvZaVWSCcB72kPovdtqqNeyri25oHgx2fXMIwDzIv7xd7YJ3CKLN9k2A/s72-c/23119973_1962098360731595_2003395369480660199_o.jpg
प्रेरक संसार
http://www.preraksansar.com.np/2017/09/kapil-sharma-quotes.html?m=0
http://www.preraksansar.com.np/?m=0
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/2017/09/kapil-sharma-quotes.html
true
7273578331125308895
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content

हाम्रो आधिकारिक 'प्रेरक संसार' एप डाउनलोड गर्नुहोस

X