Menu

मलाई रातो गुलाफ अती मनपर्छ ।

छेवैको घरको वगैचामा पूर्णरुपले फक्रेर फुलीरहेको गाढा रातो गुलाफको फूल प्रती इगिंत गर्दै उनले भनिन मेरो मन गुलाफको फूल त्यस माथी पनि रातो रगंको देखेपछि त्यसै त्यसै आकर्षीत हुन्छ ।

मैले पुलुक्क एकपटक बगैचाको रातो गुलाफ तर्फ हेरे तर केही बोलीन ।

कसैले मेरो चुल्ठोमा रातो गुलाफ सिउरिदेओस यो मेरो इच्छा हो नभए मधुर दुई शब्द सँगै हातमा थमाइदीयोस, म साच्चै नै पग्लने थिए ।

यस पटक मैले उनको मुहारमा छड्के नजरले हेरे तर पनि केही बोलीन ।

हामी विद्यालयबाट फर्किरहेका थियौ । पढाई सकिएकाले । यो बर्ष हाम्रो विद्यालय अध्ययनको अन्तीम वर्ष थियो । म आफूलाई ठिकै दर्जामा राख्न चाहन्छु तर उनी म भन्दा निकै अब्बल थिइन पढाइमा ।
हम्रो विद्यालयी अध्ययनको उत्तरार्ध तीर आइपुग्दा उनले ज्यादा आफ्नो भविष्यको बारेमा कुरा गर्न थालेकी थिइन ।

तिमी भोली गएर के बन्ने सरोज ? उनले बेला बखतमा यस्ता प्रश्न गर्दथिइन र मेरो उत्तरको प्रतिक्षा नै नगरि बोल्थीन म त पाइलट बन्ने, साच्चै नै आकाशमा उड्नुको मजा नै फरक छ । त्यस माथी म महिलाले पनि केही गर्न सक्छीन है भनेर देखाउन चाहन्छु । यो मेरो सपना हो । जसरी भएपनी म यसलाई हकिकतमा देखाउन चाहन्छु । बोल्दा बोल्दै अनायासै उनी भावुक हुन पुदथिन । म फिस्स हास्दथे । उनको सपनाको कुरा समय व्यतीत गर्ने गफ जस्ता लाग्दथे । तर पनि मलाई के आभास थियो भने उनमा पाइलट बन्ने तिव्र चाहाना छ ।
समय सगैं हाम्रो विद्यालय अध्ययन पनि सकियो अब आफ्नो इच्छाको विषय छानेर पढ्ने लेख्ने समय आयो । उनी शहर गएर पाइलट सम्बन्धी शिक्षा लिने कुरा मलाई बारम्बार बताइरहन्थीन । तर म शहरमै काम गर्दै पढ्दै गर्ने व्यवस्था मिलाएर शहर जादाँ सम्म उनी गाउँमै थिइन । पछि थाहा लाग्यो चाह हुदाहुदै पनि आर्थीक अवस्थाका कारण उनी गाउँकै क्याम्पसमा पढ्न विवश भइन ।

लामो समयसम्म हाम्रो कुनै सम्पर्क हुन सकेन । कहिले काही म गाउँजादा उनले आफ्नो सपनाको कुरा गर्दा गर्दथिइन । तर उनको पहिलेको कुरा र अहिलेको कुरामा धेरै भिन्नता म प्रष्ट देख्दथे । पछी सपनाको कुरा गर्न पनि छाडीन । केही वर्ष पछि उनी स्थनीय विद्यालयमा शिक्षिका भइन भन्ने सुन्नमा आयो । यसको केही वर्षपछि उनलै विहे हुन लागेको र विवाहमा आउन निम्ता दिइन । समय मिलाएर म उनको विवाहमा पनि पुगे । कुनै समय थियो मैले उनलाई प्रेम गर्थेकी भन्ने म मा शंका थियो । तर उनको अहिले पल्लो गाउँको केटासगँ विवाह भएको थियो । उ पनि मास्टर अरे ।

म शहरमै भुले गाउँतर्फ ध्यान दिन पाइन । यसरी विना सम्पर्क धेरै वर्षहरु विते । एक दिन विहानै मैले उनको मृत्यु भएको खबर मेरो भाईको मुखबाट सुने । म झसगँ भए । उनी बितेको महिना दिन भइसकेको रहेछ । यो खबरले म दुःखी भए । आखाँमा बाल्यकालका दिनहरु नच्न थाले । म तुरुन्तै गाउँमा पुगे । थाहा भयो, रुखबाट लडेर उनको मृत्यु भएको रहेछ । टाउकोमा नराम्रोसगँ चोट लागेको थियो अरे ।

गाउँ पुगेको भोलीपल्ट साझँ म उनको चिहान तर्फ लागे । उनलाई गाडीएको ठाउँ माथी एउटा ठूलो ढुगाँ राखीएको थियो । धेरै बेरसम्म म त्यही ढुगाँमाथी बसीरहे । झ्याउकीरीहरु कराउन सुरु गरिसकेका थिए । यो गोधुली साझ थियो । म जुरुक्क उठे । अनी हातमा समाइरहेको गाढा रातो गुलाफ त्यही ढुगाँमाथी विस्तारै राखिदिए जुन उनलाई औधि मन पर्दथ्यो । र, कुनै समय यहीँ गुलफ उनको चुल्ठोमा सिउरीदिने मेरो इच्छा थियो ।

मैले एकपटक हावाले हल्लाइरहेको रातो गुलाफ तर्फ हेरे र सरासर आफ्नो बाटो तर्फ लागे ।

- केशर भण्डारी
(२०६८/११/२२)

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top