Menu

लहरे पिपलका बोटहरू काटिएका छन
अब शीतल छहारीलाई बिदाई
र, आकाश थाम्ने शीतल खम्बाहरू संगै
साउती मार्ने सुसेलीहरुलाई बिदाई
अब यीनिहरुले पिपलका पातहरूमा
कुनै खेलहरू खेल्ने छैनन्, त त गाउने नै छन,
ओउस नदीले यीनीहरुको प्रतिबिम्ब
आफ्नो छातीमाथि कहिल्यै राख्नेछैन ।
मेरा प्रिय बोटहरू र
यीनीहरु हुर्केका बारीहरूको
प्रथम दर्शन गर्दा यताका बाह्र बर्षहरु
बितिसकेछ, र ,
अहिले ती रुखहरू घाँसमा पल्टिरहेका छन
हिजो जुन रुखले मलाई छहारी दिएको थियो
त्यही अज मेरो बस्ने आसन भएको छ ।
सदियौ देखि बस्दै आएको त्यो कृष्ण चरा
बसको खोजमा टाढा भागिसकेको छ,
उ सगैं मलाइ मोहित पार्ने उसका मधुर सगिंत
अब त्यहा कहिल्यै गुञ्जने छैन ।
भगुवा मेरा बाह्र वर्षहरु हतारिदै
पर भागिरहेका छन्
ती रुखहरु जस्तै नै
एकदिन म पनि
छातीमा माटो र शिरमा ढुगाँ लिएर
काटिएका रुखहरू हुर्कन भन्दा पहिले नै
जमिनमा पल्टनै पर्दछ ।
यी दृश्यहरुले मलाई मानवको नाशवान आनन्दबारे
गम्भीर चिन्तन गर्न प्रेरणा दिन्छ,
हाम्रो जीवनको आयु छोटो छ
त्यो भन्दा अझ छोटो
ह्म्रे आनन्दको आयु छ
ती आनन्दहरु
छीटै नास हुन्छन्
हामी भन्दा पनि ।

- विलियम कुपर (द पोप्लार फिल्ड कविताको भावानुवाद)

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top