$type=slider$snippet=hide$$b=none$cate=0$title=none$d=none$cm=none$au=none$rm=0$show=home

$show=home

प्रेम प्राप्तिका लागि बदल्नुपर्ने ५ सरल व्यवहारहरु

तपाइले कसैसँग प्रेम गर्नुहुन्छ र प्रेममा प्रेमी या प्रेमीका लाई अझ नजिक वा भनौ अझै गाढा प्रेम दर्साउन चाहानुहुन्छ तर यसका लागि के कस्तो व्य...

तपाइले कसैसँग प्रेम गर्नुहुन्छ र प्रेममा प्रेमी या प्रेमीका लाई अझ नजिक वा भनौ अझै गाढा प्रेम दर्साउन चाहानुहुन्छ तर यसका लागि के कस्तो व्यवहार गर्नु पर्दछ राम्रो सँग थाहा छैन र तपाइ त्यो जान्न चाहनुहुन्छ भने तपाइ सहि ठाउँमा आइपुग्नु भएको छ । प्रेम सम्बन्धलाई अघि बढाउनुको अर्थ नै सामिप्यता मजबुद गराउनु हो । तपाइको हृदयले कसैलाई चयन गर्यो अब तपाइ उसलाई आफ्नो बनाउन चाहानुहुन्छ याने सामिप्यता बढाउन चाहनुहुन्छ भने तपाइलाई अब उसलाई आफू तर्फ आकर्षित गर्नु पर्दछ अर्थात् आफ्नो सानो भएनि सकारात्मक असर छोड्नु पर्दछ । यसका लागि धेरै कष्टहरू उठाउनु पर्दैन मात्र व्यवहारमा थोरै परिवर्तन ल्याउनुहोस् । यहाँ हामी तपाइको आफ्नो व्यक्तिलाई कसरी नजिक बनाउने भन्ने सम्बन्धमा पाँच सामान्य सुझवहरु प्रस्तुत गर्न गइरहेका छौ ।

१) कल्पना
यो स्वस्फुर्त रुपमा हुने कुरा हो । तर पनि यदि तपाइ कल्पनाको सहि उपयोग गर्न सक्नुभयो भने चमत्कारिक नतिजा पाउनुहुनेछ । तपाइले लक्षित व्यक्तिको बारेमा केही गहिरा कल्पनाहरू हरदम गरिरहनुहोस जस्तै की सँगै बसेर पेय पदार्थ पिइरहेको, कतै पुरा मनोरञ्जनका लागि घुम्न गएको, चुम्बन गरेको आदि आदि । कल्पना भोलि हुनेछ भनेर होइन भइरहेको छ भनेर गर्नु उपयुक्त हुन्छ । याद रहोस की कल्पनाको सिधा सम्पर्क अवचेतन मन सँग हुन्छ र अवचेतन मनले कल्पनालाई वास्तविकतामा उतार्न सहयोग पुराउदछ ।

२) मुस्कान
मुस्कान हेर्दा सामान्य क्रिया जस्तो लाग्छ तर यसको असर जादुको जस्तो हुन्छ । तपाइ तपाइको लक्षित व्यक्तिले हेरेको बखत सानदार मुस्कान छोड्न कहिल्यै नबिर्सनुस । मुस्कान यस्तो हो जसको प्रतिक्रिया नआउने सम्भावना ज्यादै न्यून हुन्छ । यसले विचार सकारात्मक बनाउन सहयोग पुराउदछ ।

३) बोली
वास्तवमा शब्दमा शक्ति हुन्छ । अवस्था अनुसार यसले अकल्पनिय कार्यहरु समेत गर्दछ । धेरै नवप्रेमीहरुको के कमजोरी देखिन्छ भने उनिहरु मनको कुरा खोल्न डराउदछन । बोल्नुपर्छ भन्ने थाहा हुदाहुदै पनि त्यसलाई व्यवहारमा उतार्न सधैं असफल हुन्छन् । तपाइ साहस गरेर बोल्नुहोस् । अभ्यास गर्नुहोस् तर बोल्दा गल्ती बोलिन्छ की भनेर या अन्य नकारात्मक कुराहरू सोचेर बोल्न नडराउनुहोस । बोल्दा लक्षित व्यक्तिको प्रशंसा गर्न कहिल्यै नबिर्सनुहोस । मानव यस्तो प्राणी हो जो जन्मँदा देखिनै प्रशंसाको भोको हुन्छ । वार्तालाप सकेसम्म अर्थपूर्ण बनाउनुहोस । लामो बार्तालाप ज्यदा उपयुक्त हुदैन । थोरै मीठो को नियमलाई नबिर्सनुहोस । कुराको अन्त्य उत्साहजनक अवस्थामा आफ्ना अन्त्यका कुरा राख्दै विशेष रुपबाट गर्नुहोस् जसले छाप छोड्न सकोस् । वार्तालाप पछि नकारात्मक कुरा ज्यादा नसोच्नुहोस ।

४) व्यक्तित्व
तपाइले आफ्नो दैनिक व्यवहारलाई केही व्यवस्थित र आकर्षक बनाउने प्रयास गर्नुहोस् । यसले तपाइ प्रति हेरिने सबैको दृष्टिकोण सकारात्मक बनाउदछ । अझ तपाइले आफ्ना पुरुषर्थहरु उचित समयमा व्यवस्थित र सन्तुलित तरिकाले प्रस्तुत गर्नुहोस् । नराम्रो व्यक्तिलाई कसैले पनि रुचउदैनन तसर्थ राम्रो बन्ने प्रयास गर्नुहोस् ।

५) व्यवहार
सत्यता प्रकट गर्न नडराउनुहोस तर विवेकको प्रयोग गर्न नभुल्नुहोस । तपाइ उसलाई प्रेम गर्नुहुन्छ प्रत्यक्ष भन्नु भन्ने छैन तर व्यवहारले सधैं यस्तो भनिरहनुहोस । अवस्था अनुसार साथ, सहयोग, सल्लाह प्रदान गरिरहनुहोस । तपाइको लक्षित व्यक्तिको प्रकृति हेरी अनुकूल कदमहरू चालीरहनुहोस । तपाइका प्रत्येक कदमहरूले उसको मानसपटलमा सकारात्मक छाप छोड्न सक्ने खालको हुनुपर्दछ ।

अन्त्यमा, नहतारीनुहोस । धैर्य गर्न सिक्नुहोस् । समय लागेर पाकेको फल मीठो हुन्छ । मनमा पुरा विश्वास राख्नुहोस् । सानातिना असफलताहरु सँग कहिल्यै नडराउनुहोस । हिम्मत राख्नुहोस् । सफलता सत प्रतिशत हाजिर छ । बेस्ट अफ लक ।

COMMENTS

BLOGGER
Name

English,1,Featured,5,उखान टुक्का,5,उपयोगी लेखहरू,23,कथा,6,कविता,23,कहावत,2,जिवनी,8,जीवन दर्शन,2,प्रेरक प्रसंग,32,भनाइहरु,72,मेरो विचार,8,रोचक प्रसंग,5,लघुकथा,7,लेख,4,लोकप्रिय भनाइहरु,34,विकाशानन्द विचार,8,विचार,7,विविध,10,विश्व साहित्य,46,विषय विशेष भनाइ,15,व्यक्ति विशेष भनाइ,25,शिक्षा दर्शन,9,सफलताका लागि,56,सूचना तथा समचार,5,स्तम्भ,69,हेराइ र बुझाइ,7,
ltr
item
प्रेरक संसार: प्रेम प्राप्तिका लागि बदल्नुपर्ने ५ सरल व्यवहारहरु
प्रेम प्राप्तिका लागि बदल्नुपर्ने ५ सरल व्यवहारहरु
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj7OaQIXaCJhnr-2I1zhEY_tUz7fZPrwph2XOdWqjhIPlBTqOH6pfWcsX0ROWHcEyDyrb0kjZwHsiSMqbqNL-VHYuTLvcmeVo9y0A0jfCxqcK3UXZb4AO-Zx5jf3ijvDaXq5hgycUIWWZgQ/s1600/love.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj7OaQIXaCJhnr-2I1zhEY_tUz7fZPrwph2XOdWqjhIPlBTqOH6pfWcsX0ROWHcEyDyrb0kjZwHsiSMqbqNL-VHYuTLvcmeVo9y0A0jfCxqcK3UXZb4AO-Zx5jf3ijvDaXq5hgycUIWWZgQ/s72-c/love.jpg
प्रेरक संसार
http://www.preraksansar.com.np/2013/11/blog-post_3316.html
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/2013/11/blog-post_3316.html
true
7273578331125308895
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content

हाम्रो आधिकारिक 'प्रेरक संसार' एप डाउनलोड गर्नुहोस

X