$type=slider$snippet=hide$$b=none$cate=0$title=none$d=none$cm=none$au=none$rm=0$show=home

$show=home

Terms & Conditions



हाम्रो उद्देश्य
नेपाली भाषामा विभिन्न स्रोतहरूमा छरिएका सामाग्रीहरू व्यक्तिलाई सकारात्मक सन्देश एवं प्रेरणा प्रदान गर्ने हेतुका साथ एकीकृत रूपमा उपलब्ध गराउनु ।

प्रेरक संसारमा यहाँलाई हार्दिक स्वागत छ ।
प्रेरक संसार नेपाली भाषामा विभिन्न स्रोतहरूमा छरिएका सामाग्रीहरू व्यक्तिलाई सकारात्मक सन्देश एवं प्रेरणा प्रदान गर्ने हेतुका साथ एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालित वेबसाइट हो । यहाँका सामाग्रीहरू सम्पूर्णले स्वतन्त्र रूपमा निःशुल्क अध्ययन गर्न सक्नेछन् ।

हामी तपाईलाई (यहाँ तपाईले प्रयोगकर्ता, अध्ययनकर्ता, लेखक वा योगदानकर्तालाई जनाउदछ ।) प्रेरक संसारका सामाग्रीहरु प्रयोग गर्न, अध्ययन गर्न, आफना लेखहरु प्रेषण गर्न, योगदान गर्न हार्दिक अपिल गर्दछौ । हामीलाई प्रयोग गर्नुपूर्व तलका निती, नियम एवं सर्तहरु अध्ययन गर्न र सहमत हुन अनुरोध गर्दछौ ।

स्वागतम्
यस प्रयोगका सर्तहरुले तपाईलाई हाम्रो कार्य एवं सेवाहरु, प्रयोगकर्ताका नाताले तपाईसँगको सम्बन्ध, अधिकार एवं कतव्र्यका बारेमा बताउनेछ । थाहा रहोस्, हामी नेपाली भाषामा प्रेरक सामाग्री एवं विश्व साहित्यसँग सम्बन्धित सामाग्रीहरु प्रकाशन गदर्छौ । जुन तपाईहरुद्धारा सुझाइएका एवं प्रेषित सामाग्रीहरु नै हुन् । हमी तपाईलाई थप योगदानका लागि हार्दिक अपिल गर्दछौ ।

१) हाम्रा कार्यहरु
विभिन्न क्षेत्र एवं स्रोतहरुमा छरिएका सामाग्रीहरु, तपाईद्धारा प्रेषित सामाग्रीहरुलाई नेपाली भाषामा हामी यहाँ प्रकाशित गर्ने गर्दछौ । विशेषतः प्रेरक प्रकृतीका जसले व्यक्तिमा सकारात्मक सन्देश प्रवाह गर्दछ, सामाग्रीहरु हामी उपलब्ध गराउने गर्दछौ ।
क) हाम्रो भूमिका
हामी विभिन्न स्रोतहरुमा छरिएका एवं तपाईहरुद्धारा प्राप्त सामाग्रीहरुलाई छनौट, सम्पादन, प्रकाशन, एवं व्यापकिकरण गर्दछौ ।
ख) दायित्व
तपाईद्धारा प्रेषित सामाग्रीको सर्वाधिकार एवं अन्य विविध मुद्दाहरुको दायित्व तपाईमा नै निहित रहनेछ ।

२) गोपनियता निती
हामी तपाईका व्यक्तिगत विवरणहरु, तपईद्धारा उपलब्ध गराइएका विवरणहरु एवं तपाईद्धारा प्रेषित सम्पूर्ण सामाग्री एवं जनकारीको गोपनियताको जिम्मा हामी वहन गर्दछौ । तपाईद्धारा प्रेषित सामाग्रीहरुको सुरक्षा एवं गोपनियताको अभिभारा हामी समक्ष रहेको छ । हाम्रो गोपनियता नितीको बारेमा थप जान्न यहाँ क्लिक गर्नुहोला ।

३) सामाग्री प्रकाशनका कसीहरु
समग्रमा देवनागरी लिपी जान्नेहरुका लागि लक्षित गरि वेवसाइटको निमार्ण गरिएको हुनाले हामी नेपाली भाषामा लेखिएको सामाग्रीहरु स्विकार गर्दछौ । हाम्रो प्रधान उद्देश्य व्यक्तिलाई सकारात्मक दिशा तर्फ उन्मुख गराउने भएको हुनले हामी यहाँ अधिकांशतः प्रेरक प्रकृतीका सामाग्रीहरु मात्र स्विकार गर्दछौ । यस सम्बन्धि थप जानकारीका लागि हाम्रो प्रकाशन योग्य सामाग्रीका कसीहरु जान्न यहाँ क्लिक गर्नुहोला श्र

४) बन्देजहरु
हामीले यस वेवसाइटमा सम्पूर्ण व्यक्तिलाई सामाग्री प्रेषित गरि योगदान दिन अपिल गरेका छौ । प्रेरक संसार नेपाली भाषा जान्ने विश्वको जुनसुकै कुनामा रहेको जो कसैले पनि प्रयोग गर्न सक्दछ । यद्यपी प्रयोगकर्ताका गतिविधीहरु हानिकारक नुहुनु अत्यवश्यक छ । कुनैपनि प्रयोगकर्तालाई निम्न कार्यहरु गर्न बन्देज लगाइएको छ ।
क) दुरुपयोग एवं दूव्र्यवहार
दुरुपयोगमा सम्मिलित भइ अनावश्यक गालिगलौजले भरिएका, अपशब्द प्रयोग गरिएका शब्दहरु समावेस गरि प्रतिकृया एवं सन्देशहरु प्रेषण गर्ने, विभिन्न सामाजिक सञ्जालहरुमा नकारात्मक, मनगढन्ते, भ्रामक, कुराहरु प्रकाशन गर्ने जस्ता कार्यहरु गर्न बन्देज छ ।
ख) दोस्रो व्यक्तिप्रति अमान्य कार्य
विभिन्न व्यक्तिहरुद्धारा प्रेषित सामाग्रीहरुलाई विना अनुमती चोरी गर्ने, स्रोत नखुलाई अन्य स्थानमा प्रकाशित गर्ने, तस्विर एवं व्यक्तिगत जानकारीको दुरुपयोग गर्ने, समग्रमा दोस्रो व्यक्तिलाई असर पुग्ने किसिमका सम्पूर्ण गतिविधीहरु गर्न बन्देज छ ।
ग) गलत सामाग्री प्रेषण
हामीलाई सर्वाधिकार उल्लंघन गरिएका, चोरी गरिएका, गलत जानकारी उल्लेख गरीएका, स्वयंद्धारा दायित्व बहन गर्न अस्विकृत, विषय तथा प्रसंगभन्दा बाहिरका, गैर नेपाली भाषामा लेखिएका, अस्पष्ट, विभिन्न जाती, धर्म, लिंग, समुदाय प्रति आक्षेप लगाइएको जस्ता सामाग्रीहरु प्रेषणमा बन्देज लगाइएको छ ।

५) प्रेरक संसारको व्यवस्थापन
हाल प्रेरक संसार एक व्लगको परिधि भित्र रहेर सञ्चालित भएको हुदाँ यसको सञ्चालनार्थ केही व्यक्तिहरुमात्र सक्रिय हुन सक्दछन् । यसको पूर्ण व्यवस्थापनका लागि अधिकार प्राप्त व्यक्ति बन्नका लागि कुनै पनि व्यक्तिले अनुरोध प्रेषण गर्न सक्दछ । यद्यपी हाम्रा निती तथा नियमहरुमा पूर्ण सहमाती जनाउने एवं योग्य व्यक्तिमात्र यस प्रेरक संसारको सञ्चालक बन्न सक्दछ । हाल यस प्रेरक संसारको प्रत्यक्ष सञ्चालको जिम्मा केशर भण्डारीले गरिरहनु भएको छ ।

७) आर्थिक पक्ष
प्रेरक संसार आफ्नो स्तरोन्नती, पुरस्कार व्यवस्था, सञ्चालन एवं प्रचार प्रसारका लागि आवश्यक पर्ने आर्थिक आवश्यकता परिपूर्ती गर्नका लागि विज्ञापन एवं सहयोगदाताहरुद्धारा उपलब्ध गराइएको सहयोगमा आश्रित रहेको छ । संकलित सम्पूर्ण रकमको जिम्मेवारी प्रबन्धक समक्ष रहनेछ । उक्त रकम निश्चित क्षेत्रमा मात्र खर्च गर्न सकिने निती अनुरुप सम्पूर्ण आर्थिक गतिविधीहरु कुनै पनि व्यक्तिद्धारा अनुरोध गरिएको खण्डमा उपलब्ध गराइने व्यवस्था रहेको छ । साथै यसलाई वेवसाइटमा पनि हेर्न सकिनेछ । व्यक्तिगत लाभका लागि यसको प्रयोग गरिने छैन ।

८) स्पष्टिकरण
प्रेरक संसारमा हामी निश्चित निती तथा नियम भित्र रहेर सामाग्रीहरु प्रकाशित गर्ने गर्दछौ । तपाईद्धारा प्रयोग गरिएका सामाग्रीहरुद्धारा हुनसक्ने घट्नाहरुको जोखिमा तपाईद्धारा नै बहन गर्नुपर्ने हुन्छ । हामी विभिन्न स्रोतहरुमा रहेका एवं योगदानकर्ताद्धारा उपलब्ध गराइएका सामाग्रीहरुका प्रकाशनयोग्य सामाग्रीहरु प्रकाशित गर्ने गदछौ । यद्यपी, आफ्नै उद्देश्यमा डोरिएर प्रकाशित यी समाग्रीहरुको सुरक्षा, सम्पादन, सत्यतथ्य, सही एवं उपयुक्ततामा आउनसक्ने गल्तीहरुको लागि हामी मात्र क्षमा माग्न सक्नेछौ ।
यस वेबसाइटद्धारा उपलब्ध गराइएका डाउनलोड गर्न सकिने सामाग्रीद्धारा तपाईको कम्प्युटर वा अन्य सामाग्रीहरुमा कुनै पनि किसिमको हानी नोक्सानी पर्न गएमा सो को जिम्मेवारी हामी वहन गर्नेछैनौ । यसको जोखिम प्रयोगकर्ताले नै लिनुपर्ने छ ।

९) यस प्रयोगका सर्तहरुको सम्पादन तथा परिमार्जन
यस प्रयोगका सर्तहरु प्रेरक संसारमा औपचारिकरुपमा आबद्ध सम्पूर्ण सदस्यहरुको बहुमतद्धारा पारित गरि संस्थापक प्रबन्धकद्धारा स्विकृत भएको खण्डमा यसको सम्पादन एवं परिमार्जन गर्न सकिनेछ । यद्यपी यसको शाब्दिक अनुवाद गर्न भने सम्पूर्णमा अधिकार रहनेछ ।

१०) अन्य सर्तहरु
यस प्रयोगका सर्तहरु तपाई तथा हामीबीच मान्य सम्झौता हो । तपाईले हाम्रा सेवाहरुको प्रयोग गर्नुपूर्व हाम्रो यस प्रयोगका सर्तहरुमा सहमत हुनुपर्नेछ । हाम्रो लिखित अनुमती विना तपाई यस प्रयोगका सर्तहरु भन्दा पृथक कार्यहरु गर्न सक्नुहुनेछैन । यस प्रयोगका सर्तहरुमा तपाईको असहमतीहरु भए हामीलाई सूचित गर्नु पर्नेछ । साथै यसभन्दा पृथक दोश्रो प्रयोगका सर्तहरु भएको खण्डमा तपाई र हामी बीच आपसी सहमतीमा दुवै पक्षबाट हस्ताक्षर भएको खण्डमा सो मान्य हुनेछ ।

धन्यवाद
हाम्रो प्रयोगका सर्तहरु अध्ययन गरिदिनुभएकोमा हामी यहाँलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौ । हाम्रो उद्देश्य नेपाली भाषामा जान्ने सम्पूर्ण व्यक्तिहरुलाई सकारात्मक कार्यमा अग्रसर गराउन प्रेरणा प्रदान गर्नु हो । यस उद्देश्य परिपूर्तीका लागि  तपाईको साथ, सहयोग एवं योगदानको हामी पूर्ण अपेक्षा राख्दछौ । तपाईहरुको अमूल्य सहयोग विना हाम्रो स्तरोन्नती असम्भव रहेको सबैमा जानकारी रहोस् । यसर्थ, यसलाई साझा सम्पती ठानि सोही अनुरुपको कार्यकलाप गरिदिनुहुन हामी अनुरोध गर्दछौ । धन्यवाद ।

नीति तथा नियम
प्रेरक संसार
संस्थापक प्रबन्धकद्धारा स्विकृत ।
प्रथम पटक प्रकाशन २०७० कार्तिक २० गते ।
अन्तिम सम्पादन २०७० कार्तिक २० गते ।
Name

English,1,Featured,5,उखान टुक्का,5,उपयोगी लेखहरू,23,कथा,6,कविता,23,कहावत,2,जिवनी,8,जीवन दर्शन,2,प्रेरक प्रसंग,32,भनाइहरु,72,मेरो विचार,8,रोचक प्रसंग,5,लघुकथा,7,लेख,4,लोकप्रिय भनाइहरु,34,विकाशानन्द विचार,8,विचार,7,विविध,10,विश्व साहित्य,46,विषय विशेष भनाइ,15,व्यक्ति विशेष भनाइ,25,शिक्षा दर्शन,9,सफलताका लागि,56,सूचना तथा समचार,5,स्तम्भ,69,हेराइ र बुझाइ,7,
ltr
static_page
प्रेरक संसार: Terms & Conditions
Terms & Conditions
प्रेरक संसार
http://www.preraksansar.com.np/p/blog-page_8591.html
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/p/blog-page_8591.html
true
7273578331125308895
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content

हाम्रो आधिकारिक 'प्रेरक संसार' एप डाउनलोड गर्नुहोस

X