प्रेरक संसारमा यहाँलाई स्वागत छ ।
ओस्कार वाइल्डको भनाइ छ, औसत मानिस भइ बाँच्नु घातक कार्य हो । मानव भएर जन्म लिइसकेपछी पुरा जीवनका लागि कुनै महान् लक्ष्य, उद्देश्य तथा सपना नहुनु तात्विक रुपमा मानव नै नहुनु हो । यसर्थ, व्यक्तिलाई जीवनको स्पष्ट लक्ष्य निर्माण गर्न उत्प्रेरित गर्ने प्रधान लक्ष्यद्धारा निर्देशित वेव्लग हो, प्रेरक संसार । त्यही व्यक्तिबाट मात्र सकारात्मक कुराको अपेक्षा राख्न सकिन्छ, जससँग महान् लक्ष्य हुन्छ । नेपालको परिप्रेक्ष्यमा निश्चित उद्देश्य नभएका नेताहरुद्धारा नै देश हाल अनिश्चयको घेरामा बन्द हुन पुगेको तथ्य तपाई हामी समक्ष छर्लंग छ । वर्तमान परिस्थितीमा देखिएको चौतर्फि निरासा, अस्तव्यस्तता, नकरात्मकता एवं विविध विसंगतिहरुका बिच सानै भए पनि व्यक्तिमा सकारात्मक, प्रेरण जागृत गराइ आशा, चुस्त व्यवस्था, सकारात्मकता एवं सृजनशिलता तर्फ उन्मुख गराउनु हाम्रो प्रमुख धेय हो । प्रसंगवस् हेलेन केलरलाई कसैले सोधेछ, आखाँ नदेख्नु भन्दा खराब अन्य केही होला र ? प्रत्युत्तरमा हेलेनले भन्नुभयो, 'छ, आखाँ भएर पनि सपना नदेख्नु ।'
मुलतः प्रेरक भनाइहरु नामक फेसबुक पृष्ठमा प्रकाशित भएका, अन्य विभिन्न श्रोत मार्पmत साभारित एवं तपाईहरुद्धारा नै प्रेषित सामाग्रीहरु प्रकाशित गर्दछौ । हाल यस् वेव्लगको प्रत्यक्ष सम्पादन केशर भण्डारीज्यूले गरिरहनु भएको छ । नेपाली भाषामा सञ्चालित यस् वेव्लगमा विशेषतः विभिन्न व्यक्तिहरुका प्रेरक भनाइहरु, विभिन्न प्रेरक प्रसंगहरु, विश्व प्रख्यात व्यक्तिका प्रेरणदायी जीवनीहरु, विश्व साहित्य सम्बन्धित सामाग्रीहरु, जीवन दर्शन एवं अति उत्कृष्ट लेख, रचना तथा विचारहरु लगायत अन्य विविध सामाग्रीहरु प्रकाशित गर्दछौ ।
यसमा प्रकाशित सामग्रीहरुको संख्या वृद्धीका लागि हामीलाई तपाईहरुको साथ एवं सहयोगको आवश्यकता अपरिहार्य छ । सकारात्मक उद्देश्यद्धारा सञ्चालित यस् वेव्लग तपाईहरुको उत्साहजनक, अमूल्य साथ एवं सहयोग विना हामी कदापी अगाडी बढ्न सक्नेछैनौ । यसर्थ आफ्नो स्थानबाट तपाईको सक्दो सहयोगको हामी पूर्ण आशा राख्दछौ ।