$type=slider$snippet=hide$$b=none$cate=0$title=none$d=none$cm=none$au=none$rm=0$show=home

$show=home

सफल हुन छ भने किताब पढ्नुहोस् !

एउटा सुविख्यात भनाइ छ– रीडर्स आर लीडर्स अर्थात् पढुवा नै अगुवा हुन् । भनाइको अर्थ, जति बढी पढिन्छ त्यति नै नेतृत्व गरिन्छ । यो भनाइ अमेरिकी ...

एउटा सुविख्यात भनाइ छ– रीडर्स आर लीडर्स अर्थात् पढुवा नै अगुवा हुन् । भनाइको अर्थ, जति बढी पढिन्छ त्यति नै नेतृत्व गरिन्छ । यो भनाइ अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनमा सत्–प्रतिशत लागू भएको देखिन्छ ।

त्यसबेला ओगमोन नामक एउटा गाउँमा एक जना अवकाशप्राप्त न्यायाधीश बस्थे । अब्राहम लिङ्कनले उक्त न्यायाधीशको घरेलु नोकर हुन तयार भए ।

तिमीलाई तलव कति चाहिन्छ, बाबु ?– न्यायाधीशले सोधे ।

महाशय, मलाई एक पैसा चाहिँदैन, बरु हजुरसँग भएका सबै पुस्तक पढ्ने अनुमति पाउँ,– लिङ्कनले भने ।

यस्तो थियो उनको पढाइप्रतिको प्रेम, पढ्न सिकेका मात्र के थिए, त्यसैबेलादेखि उनी हातमा परेका पुस्तक पूरै नपढी चैनको सास लिँदैनथे ।

उनी असाध्यै गरिब परिवारमा जन्मेका थिए– काठेघर र फूसको छानोमुनी । त्यसैले आफ्नो पैसाले किताब किनेर पढ्ने हैसियत उनमा थिएन । तर पुस्तक पढ्ने प्यास भने कहिल्यै मेटिएन, मरेन ।

अठार वर्षको उमेरसम्म उनले भाडाको गाडी चलाएर पेट भर्थे । त्यसपछि न्यूसालेममा एउटा स्टोरको म्यानेजर भएर काम गरे । दिनभरी ग्राहकसँग कारोबार मै बित्थ्यो तापनि ग्राहक नआएको मेसो प¥यो कि किताब पढ्नमै खटिन्थे उनी । राती त्यसै स्टोरमा कपडाको थान तकिया लगाएर सुत्नु पर्दा पनि पढ्न भने छोड्दैन थिए । यहाँनिर खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान राम्ररी चरितार्थ भएको देखिन्छ ।

पछि उनले न्यूसालेममा एउटा हुलाकमा पोष्ट माष्टर भएर काम गर्न थाले । यस्तो ठाउँमा भने उनले पढ्ने मौका कहाँ पाउँदो होलान् जस्तो लाग्न सक्छ तर उनले यहाँ पनि पढ्ने बानी कायमै राखे । किताब त पढ्ने अवसर हुदैनथ्यो तर हुलाकमा भित्रिने सबै खाले पत्रपत्रिका भने पढ्न थाले । यसरी उनको ज्ञान–विज्ञानको भण्डार दिनानु दिन बढ्दै गयो । र, आफ्नो ज्ञान र विवेकलाई प्रयोग गरी अधिकतम मान्छेलाई फाइदा दिने ठाउँ राजनीति नै हो भन्ने कुरा ठम्याउन उनलाई गाह्रो परेन । अतः उनले थरिथरिका चुनावमा भाग लिँदै गए । सबै चुनाबमा हारे पनि उनको प्रयास जारी नै रह्यो र अन्ततः राष्ट्रपतिपदको लागि भएको निर्वाचनमा भने जितेर छाडे । पछि उनले भने क्ष्  बm ब कयिध धबपिभच दगत क्ष् लभखभच धबपि दबअप अर्थात् म सुस्तरी बढ्ने मान्छे हँु तर म गन्तब्य नपुग्दै फर्कने मान्छे चाहिँ होइन ।

COMMENTS

BLOGGER: 2
  1. Casino Finder (Google Play) Reviews & Demos - Go
    Check Casino Finder (Google gri-go.com Play). septcasino A look at some of the best gambling sites in novcasino the https://access777.com/ world. They offer a full game library, sol.edu.kg

    ReplyDelete
माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्न सक्नुहुनेछ । Facebook मार्फत प्रतिकृया दिनको निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

Name

English,1,Featured,5,उखान टुक्का,5,उपयोगी लेखहरू,23,कथा,6,कविता,23,कहावत,2,जिवनी,8,जीवन दर्शन,2,प्रेरक प्रसंग,32,भनाइहरु,72,मेरो विचार,8,रोचक प्रसंग,5,लघुकथा,7,लेख,4,लोकप्रिय भनाइहरु,34,विकाशानन्द विचार,8,विचार,7,विविध,10,विश्व साहित्य,46,विषय विशेष भनाइ,15,व्यक्ति विशेष भनाइ,25,शिक्षा दर्शन,9,सफलताका लागि,56,सूचना तथा समचार,5,स्तम्भ,69,हेराइ र बुझाइ,7,
ltr
item
प्रेरक संसार: सफल हुन छ भने किताब पढ्नुहोस् !
सफल हुन छ भने किताब पढ्नुहोस् !
https://blogger.googleusercontent.com/img/a/AVvXsEiSfuc-2kLhlto8jg42vix0ShvgeXeP31foYvYPI80A7I209MrfobSx6owONPkcOc2RSHvnQ-rfQunIL0HXNXBaHvV3tnkEz4nbsbhau_ne11jfutsLnmXldnwAkoprSXqs12Wjyb2UnPIj_WwS8HN5FiM-URKybQg-1yD6L9NAiDMT4bzSPIrpHB_A5Q=w400-h250
https://blogger.googleusercontent.com/img/a/AVvXsEiSfuc-2kLhlto8jg42vix0ShvgeXeP31foYvYPI80A7I209MrfobSx6owONPkcOc2RSHvnQ-rfQunIL0HXNXBaHvV3tnkEz4nbsbhau_ne11jfutsLnmXldnwAkoprSXqs12Wjyb2UnPIj_WwS8HN5FiM-URKybQg-1yD6L9NAiDMT4bzSPIrpHB_A5Q=s72-w400-c-h250
प्रेरक संसार
http://www.preraksansar.com.np/2022/03/blog-post_6.html
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/2022/03/blog-post_6.html
true
7273578331125308895
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content

हाम्रो आधिकारिक 'प्रेरक संसार' एप डाउनलोड गर्नुहोस

X