$type=slider$snippet=hide$$b=none$cate=0$title=none$d=none$cm=none$au=none$rm=0$show=home

$show=home

सफलताको निम्ति इच्छाशक्ति

नित्से जति रोगले गाँजेका साहित्यकार बिरलै होलान् । यसका बाबजुद पनि उनले महानतम् कृति संसारलाई दिन भ्याए । अतः इच्छाशक्तिको अगाडि सबै समस्या ...

नित्से जति रोगले गाँजेका साहित्यकार बिरलै होलान् । यसका बाबजुद पनि उनले महानतम् कृति संसारलाई दिन भ्याए । अतः इच्छाशक्तिको अगाडि सबै समस्या कमजोर हुने कुरा उनले साबित गरे ।

मकहाँ आऊ, म तिमीलाई मान्छे भन्दा केही बढी बनाउन चाहन्छु– महामानव ।

मान्छे एक पोखरीजस्तै हो, कुनै ढल मिसियो भने सर्वाङ्ग फोहर भइहाल्छ । तर महामानव हुँदैन, किनभने ऊ महासागरजस्तै हुन्छ । संसारभरिका ढल मिसिएर पनि– सदा, सर्बदा, सफा ।

जरथुस्त्रले  भने भन्ने पुस्तकमा नित्सेले यस्तै कुरा लेखी संसारभरका सामान्य मान्छेलाई मात्र हैन, विचारकहरूलाई समेत प्रभावित गर्न सफल भए ।

नित्से १८४४ मा प्रसिया जर्मनीमा जन्मेका थिए । उनका बाबा पनि धर्म–दर्शनमा रुची राख्ने पास्टर भएकाले जन्मजातै दार्शनिक रुझान् उनको रगतमा बगेको मान्न सकिन्छ । यिनै दार्शनिक प्रतिभाकै कारण उनी मात्र ३४ वर्षको कलिलो उमेरमा बेसलकोे विश्वविद्यालयका प्रोफेसर बन्न सफल भए । यति सानो उमेरमा उनी भन्दा पहिला र पछि पनि कोही प्रोफेसर भएनन् ।

युवाकालमा जवानीको जोश थाम्न नसकी उनी बेश्यालय धाउन थाले । परिणामस्वरुप उनले कहिल्यै निको नहुने रोग सिफलिस बोकेर आए । यस रोगबाट उनी शारीरिक र मानसिक रूपमा जिन्दगीभर पीडित रहे । उनले जीन्दगीमा  सुखका दिन देख्नै सकेनन् । भनिन्छ, उनले जति पनि शारीरिक र मानसिक पीडा बोकी बाँच्ने मान्छे धरतीमै बिरलै होलान् । यति हुँदाहुँदै पनि उनले मानव जातिलाई नै गुण लाउने गरी जरथस्त्रले भनेजस्ता पुस्तकहरू छोडेर जान भ्याए । उनले जस्तो पीडा सामान्य मान्छेले सहन परेको भए आत्महत्या गर्थे होलान् । तर उनले यसै अपार दुःखमा टेकी महानतम् कृतिहरूको सिर्जना गर्र्दै रहे । अन्ततः उनी मानसिक रोगी भएर सन् १९०० मा मरे । उनको एउटै वाक्यले पनि संसारभरि तरङ्ग ल्याएको थियो र अझै त्यो तरङ्ग कायमै देखिन्छ– ईश्वर मरिसक्यो । यसका थुप्रै ब्याख्या हुनसक्छन् तर प्रष्टै सन्देश के हो भने आफूमाथि भरोसा गर, अरूको मुख नताक । र त उनले सबैलाई महामानव वा अति मानव बन्ने सन्देश छर्न भ्याए । संयोगबस हिटलर पनि नित्सेबाट प्रेरित भए – ईश्वर मरिसक्यो  र त डर के को ? एक कलाक्षेत्रमा असफल हिटलर राजनीतिमा अति मानव बन्न सफल भए, नित्सेकै कारण । तर नित्सेको सन्देश भने अरूलाई दबाएर होइन, आफूभित्रको शक्ति जगाएर अति मानव बन्नु थियो ।

जसरी  तिमी बाँदरदेखि हाँस्छौँ, महामावन तिमीदेखि हाँस्छ– अतः तिमी पनि महामानब बन्ने तिर लाग । यो कुरा आज पनि त्यत्तिकै प्रासङ्गिक छ, जति त्यो बेला थियो ।

COMMENTS

BLOGGER
Name

English,1,Featured,5,उखान टुक्का,5,उपयोगी लेखहरू,23,कथा,6,कविता,23,कहावत,2,जिवनी,8,जीवन दर्शन,2,प्रेरक प्रसंग,32,भनाइहरु,72,मेरो विचार,8,रोचक प्रसंग,5,लघुकथा,7,लेख,4,लोकप्रिय भनाइहरु,34,विकाशानन्द विचार,8,विचार,7,विविध,10,विश्व साहित्य,46,विषय विशेष भनाइ,15,व्यक्ति विशेष भनाइ,25,शिक्षा दर्शन,9,सफलताका लागि,56,सूचना तथा समचार,5,स्तम्भ,69,हेराइ र बुझाइ,7,
ltr
item
प्रेरक संसार: सफलताको निम्ति इच्छाशक्ति
सफलताको निम्ति इच्छाशक्ति
https://blogger.googleusercontent.com/img/a/AVvXsEivfdjMriZyIaxEb240NHMCViQCo7Dt2wgBuRX2MZXIZaz3AsukIYeRy2M4klsGNIYi5RuGrEgn7MGnXpvRFd9Jq2l2IJBqrG0-8pNeTwzgBaJ_bhMNNIUD9_JKVRz0MiIVRp3npxzK2Wjs6r36-eH77hSAqLGTP0dGys48UZoAZWFp4m4cEBL-Yjugcg=w400-h250
https://blogger.googleusercontent.com/img/a/AVvXsEivfdjMriZyIaxEb240NHMCViQCo7Dt2wgBuRX2MZXIZaz3AsukIYeRy2M4klsGNIYi5RuGrEgn7MGnXpvRFd9Jq2l2IJBqrG0-8pNeTwzgBaJ_bhMNNIUD9_JKVRz0MiIVRp3npxzK2Wjs6r36-eH77hSAqLGTP0dGys48UZoAZWFp4m4cEBL-Yjugcg=s72-w400-c-h250
प्रेरक संसार
http://www.preraksansar.com.np/2022/03/blog-post_4.html
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/2022/03/blog-post_4.html
true
7273578331125308895
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content

हाम्रो आधिकारिक 'प्रेरक संसार' एप डाउनलोड गर्नुहोस

X