$type=slider$snippet=hide$$b=none$cate=0$title=none$d=none$cm=none$au=none$rm=0$show=home

$show=home

सफलताको निम्ति साहस

  यदि मैले चन्द्रमामा पाइलो टेक्ने प्रथम व्यक्ति को हुन् भनेर सोधे भने, प्रायः ले सहि जवाफ दिनुहुनेछ, -'निल आर्मस्ट्रङ' । तर दोश्रो ...

 


यदि मैले चन्द्रमामा पाइलो टेक्ने प्रथम व्यक्ति को हुन् भनेर सोधे भने, प्रायः ले सहि जवाफ दिनुहुनेछ, -'निल आर्मस्ट्रङ' । तर दोश्रो व्यक्ती को हुन भनि सोधेमा, म ठोकेरै भन्न सक्छु एकाधले मात्र त्यो नाम भन्न सक्नुहुनेछ ।

थाहा छ ? त्यो दोश्रो व्यक्ति एडविन एड्रिनाल थिए । उनी एपोलो यानका क्याप्टेन थिए । योजना मुताविक चन्द्रमामा पहिलो पाइला उनले नै राख्नुपर्ने थियो । सर्वप्रथम उनीनै नेतृत्व गरेर चन्द्रमामा ओर्लनपर्ने थियो । तर जब उनले ओर्लन आफ्नो पाइला केही तल के झारेका थिए, हतपत माथी ताने । किनभने उनलाई डर थियो 'त्यहाँ जे पनि हुनसक्थ्यो' । उनले ओर्लने साहस गर्न सकेनन् । उनी डराए ।

तर आर्मस्ट्रङले साहसका साथ आफ्नो पाइला अघि सारे र सबै जोखिम मोलेर चन्द्रमामा पहिलो पाइला राखे । यसैले उनी प्रख्यात बने ।

सबैलाई पहिलो पटक चन्द्रमामा पाइलो राख्दा 'जे पनि हुन सक्ने' डर थियो, यो जोखिमको काम थियो । उनले साहस गरे र पाइलो अघि सारे यसैले उनी प्रख्यात भए किनभने त्यसपछी चान्द्रमामा ओर्लनु सामान्य विषय बन्यो ।

हामीले जान्नेपर्ने कुरा....हाम्रो यात्राको बाधा अगाडीको ठूलो चट्टान कदापी बन्न सक्दैन, हाम्रो बाधा त त्यसलाई पार गर्ने साहसको कमी हो । ओलम्पिक च्याम्पियन बब रिचर्ड्सले लेखेका छन् 'झण्डै पचास लाख मानिसले मलाई पोल वाल्टमा हराउन सक्थे, हो, पचास लाखले । तर मैले जिते किनभने उनीहरू मध्ये कसैले पनि पोल उटाउने साहस गर्न सकेनन्, आफ्नो क्षमतामा विश्वास गरेनन् ।'

साहस के हो ? आफ्नो चारैतिरको विषम परिस्थीतीको वावजुद पनि अघि बढ्ने दृढता लिनु साहस हो । जोखिमलाई मोल्न सक्नु साहस हो । डरलाई जित्नु साहस हो । शायद सत्र पटक चुनावमा हारिसके पछी अझ अर्को पटक चुनाव लड्ने साहस नगरेका भए लिंकन गुमनाम नै रहन्थे । आफ्ना जायजेथा सबै बेचेर कम्पनी खोल्ने साहस नगरेका भए होण्डा एउटा मजदुरको रूपमै रहन्थे । सबैले 'असंभव' भनेता पनि साहस गरेर जहाज उडाएर देखाउने साहस नगरेका भए राइट दाँजुभाईले साइकल पसलमै जिन्दगी बिताउथे । खाली खुट्टा फुटवल खेल्ने साहस नगरेका भए आजका 'पेले' जन्मदैनथिए ।

सफलता चुम्न अघि बढ्नुपर्छ र अघि बढ्न साहस चाहिन्छ । हर साहसको पछाडी नै जित लुकेको हुन्छ । कायरहरू, कमजोरहरू पटक पटक मरेर बाँचिरहेका हुन्छन्, औसत घिसिपीटी जिन्दगी घिसारिरहेका हुन्छन्......शालिन जिन्दगी बाँच्नेहरू त आखिर साहसी नै हुन्छन् । यसर्थ जिन्दगी सदैव साहसी बनौ र बढौ जित भन्दा अघि ।

COMMENTS

BLOGGER
Name

English,1,Featured,5,उखान टुक्का,5,उपयोगी लेखहरू,23,कथा,6,कविता,23,कहावत,2,जिवनी,8,जीवन दर्शन,2,प्रेरक प्रसंग,32,भनाइहरु,72,मेरो विचार,8,रोचक प्रसंग,5,लघुकथा,7,लेख,4,लोकप्रिय भनाइहरु,34,विकाशानन्द विचार,8,विचार,7,विविध,10,विश्व साहित्य,46,विषय विशेष भनाइ,15,व्यक्ति विशेष भनाइ,25,शिक्षा दर्शन,9,सफलताका लागि,56,सूचना तथा समचार,5,स्तम्भ,69,हेराइ र बुझाइ,7,
ltr
item
प्रेरक संसार: सफलताको निम्ति साहस
सफलताको निम्ति साहस
https://blogger.googleusercontent.com/img/a/AVvXsEhFxkiGi97V-Zd2oVV6NEBEk7M06uqikXyqQqYqZ2kTaK6lPZASNQ4kY-r8NFyFfwgpjEsWRtXX8gZ3I4YgANdDFWANRFl44tXU3GdZRvENuQoGJ7EbeOWV11M-UDyOU1X3V3Hx8YepOJ_B-8ZsLZcU7ckBsyph1K0BrGGiPg0hG7rDtv0xBsksGQD-rw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhFxkiGi97V-Zd2oVV6NEBEk7M06uqikXyqQqYqZ2kTaK6lPZASNQ4kY-r8NFyFfwgpjEsWRtXX8gZ3I4YgANdDFWANRFl44tXU3GdZRvENuQoGJ7EbeOWV11M-UDyOU1X3V3Hx8YepOJ_B-8ZsLZcU7ckBsyph1K0BrGGiPg0hG7rDtv0xBsksGQD-rw=s72-c
प्रेरक संसार
http://www.preraksansar.com.np/2021/12/blog-post_22.html
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/2021/12/blog-post_22.html
true
7273578331125308895
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content

हाम्रो आधिकारिक 'प्रेरक संसार' एप डाउनलोड गर्नुहोस

X