$type=slider$snippet=hide$$b=none$cate=0$title=none$d=none$cm=none$au=none$rm=0$show=home

$show=home

एडोल्फ हिटलर (जीवनी)

एडोल्फ हिटलरका बाबु एलोइस सन् १८३७ मा जन्मेका थिए । उनी, मारिया अन्ना र उनको साथीको अवैध सन्तान थिए । एडोल्फ हिटलरका हजुरबाबु यहूदी थिए । फ्...

एडोल्फ हिटलरका बाबु एलोइस सन् १८३७ मा जन्मेका थिए । उनी, मारिया अन्ना र उनको साथीको अवैध सन्तान थिए । एडोल्फ हिटलरका हजुरबाबु यहूदी थिए । फ्रान्केनबर्गर नामका धनी यहूदी परिवारमा मारिया खाना पकाउने काम गर्थिन । हिटलरका बाबु पाँच वर्षका हुँदा उनकी आमाले अर्कोसँग विवाह गरिन् । जसको नाम जोहन गर्ग हिडलर थियो । विवाह गरेको पाँच वर्षपछि मारियाको मृत्यु भयो । त्यही बेलादेखि नै एलोइस आप्mना काकासँग सानो कृषि फार्ममा बस्न थालेका थिए । कृषि फार्मबाट वाक्क भएर एलोइस १३ वर्षको उमेरमा नै केही गर्न भनेर भियना गए । त्यहाँ गएर उनले जुत्ता बनाउने पसलमा अति नै थोरै पैसामा काम गर्न थाले । पछि, अष्ट्रियन नागरिक सेवामा भर्ना भए । त्यही उनी सहायक भन्सार कर्मचारी भए । उनले अत्यन्तै मेहनत गरे, राम्रो काम गरेर देखाइ दिए । जसको फलस्वरुप उनी “सुपरिवेक्षक” सम्म बने ।

सन् १८७५ सम्ममा, आप्mनो कडा मेहनतले उनी ‘वरिष्ठ सहायक निरीक्षक’ भए । एउटा गरीब किसान केटोबाट त्यस पदसम्म उनले जीवनमा ठूलो फड्को मारे । त्यो बेला एउटा घटना घट्यो जुन भविष्यको निम्ति ठूलो संकेत हुनपुग्यो । एलोइस आप्mनो नामको पछाडि आमाको नामसँग जोडिएको स्चीकग्रुबर ९क्अजष्अपनिचगदभच० राख्ने गर्थे । तर नागरिक सेवामा उनले प्राप्त गरेको सफलतापछि उनका काकाले आप्mनो थर हिडलर नै लेख्न एलोइसलाई राजी बनाए । एलोइसले पनि आप्mनो पारिवारिक नामलाई नै निरन्तरता दिए । जब अभिलेख किताबमा नाम दर्ता गराइयो तब उनको नाम एलोइस हिटलर ९ज्ष्तभिच० हुन पुग्यो, भुलबस । यसरी सन् १८७६ मा ३९ वर्षको उमेरमा एलोइस स्चीकग्रुबर एलोइस हिटलर बन्न पुगे । सन् १८८९ अप्रिल २० का दिन एडोल्फ हिटलर जन्मेका थिए । जर्मनीको सीमा छेउ अस्ट्रियाको सानो गाउँ ब्राउनाउमा उनको जन्म भएको थियो । हिटलरको परिवार सहज जीवनको खोजीमा फेरि अर्को ठाउँमा स¥यो । त्यसपछि लगत्तै हिटलर ६ महिनासम्म बेनेडिक्टको धार्मिक आश्रममा बसे । जहाँ धार्मिक व्यक्तिहरु मात्र बस्थे ।

त्यस आश्रममा बस्ने सन्तहरुले लगाउने कोटको बाहुलामा एउटा चिन्ह अंकित हुन्थ्यो । त्यस चिन्हलाई स्वस्तिका भनिन्थ्यो । सानोमा एडोल्फको सपना धार्मिक पण्डित हुने थियो । बाल्यकालभरि एडोल्फ हिटलरलाई उनका बाबुले पिटे । यो विषयमा एक व्यक्तिले भनेका थिए, ‘अनुशासनको लागि यसो गरिएको थियो तर यो राम्रो तरिका थिएन ।’ एलोइस आफू जस्तै अरु पनि आज्ञाकारी हुन् भन्ने आशा गर्थे । उनी आप्mना छोरा–छोरीलाई अह्राउने गर्थे र सो अनुसारको कामको पनि आशा गर्दथे । प्राइमरी स्कुलमा हिटलरले अति राम्रो गरे र अति नै राम्रो शैक्षिक भविष्य देखाए । उनको अगाडि उज्ज्वल भविष्य देखिन्थ्यो । उनी आप्mना अन्य सहपाठी माझ लोकप्रिय थिए र आफूभन्दा ठूलाबाट प्रशंसित हुन्थे । सबैभन्दा ठूलो कुरा त आप्mनो “नेतृत्व क्षमता” को विलक्षण प्रतिभा उनमा देखियो । उनी अति धार्मिक प्रवृत्तिका बच्चा थिए । उनले आफू सन्त बन्ने कुरा पनि सोचे । त्यही बेला हिटलर परिवार अस्ट्रियाको एक शहर “लामवेक” मा सरे । त्यो ठाउँ लिन्ज र सजबर्गको बीचमा पथ्र्यो । हिटलरलाई यसरी सर्नुको अर्थ थियो, खेतको कामबाट मुक्ति पाउनु र खेल्न धेरै समय पाउनु । त्यहाँ पनि हिटलर स्कुल जान थाले र स्कुलमा उनले राम्रो गरे । उनी एक धार्मिक स्कुलमा भर्ना भएका थिए । उनले त्यहाँ गीत गाउने केटाहरुको कोरसमा भाग लिए । उनी गीत राम्रो गाउँथे, भनिन्छ उनको राम्रो स्वर थियो ।

वर्षौंपछि हिटलरले भनेका थिए, ‘कुनै चाड, उत्सव र क्याथोलिक समारोहहरुमा उनी अति नै उत्साही र खुशी हुन्थे र पछि उनमा त्यसको गम्भीर असर प¥यो ।’ हिटलरको परिवारले अचानक एक वियोगको सामना गर्नुप¥यो । उनका भाइ एडमण्डको ६ वर्षको उमेरमा दादुराको कारण मृत्यु भयो । बच्चा एडोल्फ जो युद्धसम्बन्धी खेल खेल्न रुचाउँथे र काल्पनिक मृत्युको खेल खेल्थे । तर यसरी पहिलोपल्ट वास्तविक मृत्यु देखे । यसले एडोल्फमा गम्भीर असर प¥यो । उनको मृतक भाइलाई घर नजिकै चिहान बनाएर राखियो । एडोल्फ सुत्ने कोठाको झ्यालबाट यो चिहान देखिन्थ्यो । वर्षौं पछाडि पनि कहिलेकाहीं एडोल्फ हिटलर राति चिहानमाथि बसेर आकाशमाथि हेरेर घण्टौंसम्म टोलाइरहेका हुन्थे । कहिले भने झ्यालमा बसेर चिहानतिर हेरेर टोलाइरहेका हुन्थे । एलोइस जो हिटलर जन्मदा ५२ वर्षका थिए । उनी आप्mना छोराले राम्रो काम गरुन् भन्ने कुरामा अति उत्सुक थिए । एलोइस अति कडा बाबु थिए । उनी आप्mना छोरोले भनेको नमानेमा निर्दयतापूर्वक पिट्थे । एलोइस जुनियर जब १३ वर्ष पुगे, उनी आप्mना बाबुप्रति असन्तुष्ट भए । उनलाई बाबुले गाली गर्थे र पिट्थे पनि । एक वर्षपछि उनी १४ वर्षका भए, अब उनी आफू बाँच्न सक्ने भए र घरबाट भागे । उनका बाबुले उनलाई कहिल्यै भेट्टाएनन् । त्यो बेला एडोल्फ मात्र ७ वर्षका थिए । उनका बाबुले एडोल्फलाई पनि त्यही व्यवहार दोहो¥याए ।

सन् १९०० सम्ममा हिटलरमा एक कलाकारको गुण देखियो । उनले युनिभर्सिटीको तयारी राम्ररी गरे । उनी त्यसको लागि योग्य पनि भए । हिटलर रिलसुलमा भर्ना हुने उनको बाबुको निर्णयमा सहमत भए । उनका साथी कुविजेकको भनाइ अनुसार जर्मन संगीतकार रिचार्ड बाग्नरले प्रस्तुत गरेको गीत ‘रिन्जी’ हेरे पश्चात हिटलरले दुष्टात्माले प्रभाव पारेको जस्तो व्यवहार देखाउन थाले । हिटलरले आप्mनो साथीलाई भिरालो पहाडको चुचुरोमा पु¥याए र आप्mनो “ग्रेट मिशन” को बारे अनौठो स्वरमा कुरा गरे जुन मिशन थियो, मानिसलाई स्वतन्त्रता दिनु । ठीक त्यस्तै, उनले ओपेरामा देखेका थिए । हिटलरले पहिलो ओपेरा १२ वर्षको हुँदा हेरेका थिए । उनको अर्को महत्वपूर्ण चाख देखियो, त्यो समयमा, त्यो हो जर्मन राष्ट्रवाद । उनी अष्ट्रियन राजतन्त्रको विरुद्धमा थिए । एडोल्फ हिटलर र उनका साथीहरुले जर्मन अभिवादन हेल ९ज्भष्०ि भन्न रचाउँथे । र जर्मन राष्ट्रिय गीत “डचल्याण्ड उबर एलेस” गाउँथे । तर हिटलरका बाबुले अष्ट्रियन साम्राज्यवादीको सेवा गरेका थिए र हेपवर्ग राजतन्त्रप्रति बफादार थिए । शायद उनी अन्जानमै आप्mनो विद्रोही छोराको बफादारिता “जर्मन केसर” प्रति अर्पण गर्न प्रोत्साहित गरिरहेका थिए । हिटलरलाई लाटोकोसेरो पनि भनिन्थ्यो । उनी राती अबेरसम्म पनि सुत्दैन थिए । उनी राती घरबाहिर निस्किएर हिंड्थे ।

जब हिटलर अठार वर्षका भए, उनले आप्mनो बाबुको सम्पत्ति प्राप्त गरे । त्यो पैसाले हिटलर “कला” पढ्न भियना गए हिटलरले एकेडेमिज स्कुल अफ पेन्टिङ्गमा दुई दिनको प्रवेश परीक्षा दिए । अति नै आत्मविश्वासका साथ रिजल्टको प्रतीक्षा गर्न थाले । उनी स्कुलमा प्रवेश पाउने कुरामा ढुक्क थिए । तर उनी प्रवेश परीक्षामा फेल भए । बिजुली चम्केजस्तो महसुस गरे उनले । उनले बनाएको पेन्टिङबाट जजहरु सन्तुष्ट भएनन् । त्यसकारण उनी फेल भए । यसले हिटलरलाई अति नै असर प¥यो । उनी कसरी फेल भए भन्ने कुराको स्पष्टीकरणको लागि एकेडेमी गए । त्यहाँ उनको पेन्टिङमा धेरै कमी कमजोरी भएको र खास गरेर मानव पक्षको कमी रहेको कुरा भनियो । जे भएता पनि हिटलरमा आर्किटेक्टको क्षेत्रमा केही क्षमता थियो । उनी एक्लै बस्न थाले । एक ठाउँबाट अर्को ठाउँमा सर्थे । उनको पैसा बिस्तारै सकिदै गयो । उनको जीवनस्तर विस्तारै खस्कँदै गयो । पैसा सकिंदै गर्दा पनि उनले कुनै काम गर्ने उपक्रम गरेनन् । उनले अन्ततः आप्mनो सबै कुरा सके र भीख माग्न थाले । राती सडक र गल्लीमा राखिएको बेन्चमा सुत्थे । उनी फोहोरी, दुर्गन्धित भए र फाटेका लुगा लगाउँथे । सन् १९०९ डिसेम्बरतिर त उनको हालत झन् नाजुक थियो । यहूदी परोपकारीहरुद्वारा संचालित गृहहरुमा दिन बिताउन थाले । यो त्यो समय थियो जब हिटलरमा विस्तारै यहूदीहरुप्रति नराम्रो भावना विकसित हुँदै गयो । जसले पछि उग्र रुप लिएको थियो । 

क्रमशः...


COMMENTS

BLOGGER
Name

English,1,Featured,5,उखान टुक्का,5,उपयोगी लेखहरू,23,कथा,6,कविता,23,कहावत,2,जिवनी,8,जीवन दर्शन,2,प्रेरक प्रसंग,32,भनाइहरु,72,मेरो विचार,8,रोचक प्रसंग,5,लघुकथा,7,लेख,4,लोकप्रिय भनाइहरु,34,विकाशानन्द विचार,8,विचार,7,विविध,10,विश्व साहित्य,46,विषय विशेष भनाइ,15,व्यक्ति विशेष भनाइ,25,शिक्षा दर्शन,9,सफलताका लागि,56,सूचना तथा समचार,5,स्तम्भ,69,हेराइ र बुझाइ,7,
ltr
item
प्रेरक संसार: एडोल्फ हिटलर (जीवनी)
एडोल्फ हिटलर (जीवनी)
https://blogger.googleusercontent.com/img/a/AVvXsEjNHctIe0joU4tE0u9MlJlbJGkVAt2Wz9zCde2H4OzU5vtnZjVg5BUcqtII9X8RWKWzalBEetJJ0IONfLbKwrgwLATl-RkPb1AYx1JU0PbReXMS6V9mCZYdHY5n_x24G-xNxcgFUzDqVvJ5qJCC3lOipa_eBXFEQFGgyRaALILnF6nRH_AOI2JUvzk7Ng=w400-h225
https://blogger.googleusercontent.com/img/a/AVvXsEjNHctIe0joU4tE0u9MlJlbJGkVAt2Wz9zCde2H4OzU5vtnZjVg5BUcqtII9X8RWKWzalBEetJJ0IONfLbKwrgwLATl-RkPb1AYx1JU0PbReXMS6V9mCZYdHY5n_x24G-xNxcgFUzDqVvJ5qJCC3lOipa_eBXFEQFGgyRaALILnF6nRH_AOI2JUvzk7Ng=s72-w400-c-h225
प्रेरक संसार
http://www.preraksansar.com.np/2017/06/blog-post_8.html
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/2017/06/blog-post_8.html
true
7273578331125308895
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content

हाम्रो आधिकारिक 'प्रेरक संसार' एप डाउनलोड गर्नुहोस

X