Martin Luther King biography in nepali, nepali inspirational biography, biography in nepali, quotes in nepali
मार्टिन लुथर किङ जुनियर |
१५०५ को जुलाईमा एक दिन उनी जर्मनीमा आफ्नो घर मेन्सफील्डबाट अरफर्टतिर फर्किरहेका थिए, जहाँ उनी पढ्थे । मृत्युको डरले युवक लूथरले दुनियाँदारी छोडेर साधु बन्ने प्रतिज्ञा गरे र घरपरिवार र साथीको अनुनयविनयको वास्ता नगरी उनी १७ जुलाईमा साधुको एउटा मठमा भर्ति भए । आगस्टीनियन साधुहरुको यो मठमा कठिन नियमको पालना गरिन्थ्यो । लूथर पनि कठिन जपतप गरेर राम्रो साधुहरुमा गनिन थाले । १५०५ मा उनी पादरी बने । तर लूथरको भनाइ छ कि यो कठिन तपले उनको आत्मालाई कुनै फाइदा पुगेन ।
१५१७ मा लूथर वितनबरा यूनिभर्सिटीमा प्रोफेसर थिए । यो बेला उनी चौतीस वर्षमा पुगेका थिए । यो बेलासम्ममा उनी एक पटक (१५१०) मा ईसाई धर्मको केन्द्र रोम पनि आएका थिए । त्यहाँ उनले ईसाई धर्मका ठेकेदारमा आएको नराम्रोपना देखेका थिए, त्यही ईसाई धर्मका केही प्रचलित सिद्धान्तमा उनको मतभेद भएको थियो । अब उनी आफ्नो लेक्चरमा धर्म सुधारको कुरा गर्न थालेका थिए, तर उनको इच्छा रोमका पोपसँग आफ्नो सम्बन्ध तोड्ने थिएन ।
त्यो बेला ईसाइ धर्माधीश सादगी र पवित्र जीवनको सिद्धान्तलाई मान्थे तर त्यसमा चल्दैनथे । उनीहरुले धर्मलाई पाखण्ड र मठलाई व्यभिचारको अड्डा बनाएका थिए । धर्मले सिधा साधा जनतालाई शोषणको साधन बनाएको थियो । पोपपन्थी जनतालाई लुट्नको लागि नयाँ नयाँ साधन निकालिरहन्थे । मुक्तिको खोजीमा जनता पनि उनको बहकाउमा आउँथे । यसै प्रकारको एउटा पाखण्ड स्वर्गमा सीट रिजर्व हुने प्रमाणपत्र थियो, जुन पोपको प्रतिनिधिले जनतामा बेच्ने गर्थे । मानिसहरुलाई भनिने गरिन्थ्यो कि यदि तिमी यो प्रमाणपत्र किन्छौ भने तिमी नर्कको कष्टबाट बच्ने छौ । यति मात्र होइन एउटा यस्तो प्रमाणपत्र पनि चलाइएको थियो जसलाई किन्यो भने पुर्खाको आत्मा पनि स्वर्गमा पुर्याउने छ ।
सन् १५१५–१७ मा पोपले यी प्रमाण पत्र बेच्ने विशेष योजना बनाएका थिए । यो योजनाद्वारा धेरै धन जम्मा हुन थाल्यो । लूथरले यस प्रथाको विरुद्धमा पन्चानब्बे सिद्धान्तको एउटा लेख लेखेर वितनबराको गिर्जाको ढोकामा टाँसिदिए । उनको भनाइ थियो पोपलाई भगवान्को प्रतिनिधिको रुपमा मानिसको अपराध माफ गर्ने कुनै अधिकार छैन । पोपले केवल आफुले दण्डित गरेको मानिसलाई क्षमा गर्न सक्छ ।
यो घटनाले सारा ईसाई जगतमा एउटा नयाँ हलचलको सूत्रपात भयो । यस विषयमा लम्बाचौडा वादविवाद हुन थाल्यो । शुरुशुरुमा त रोमका पोपले यस कुरामा दखल दिनु ठीक ठानेनन् किनकि उनको विचारमा यो सानो कुरा थियो । एउटा सानो आगोको भिल्का केही क्षणमा आफैं निभ्ने छ भन्ने पोपले सोचेका थिए । तर कुरा वास्तवमा सानो थिएन । मानिसहरुको अवचेतन भावना अकस्मात लूथरद्वारा व्यक्त भएको थियो । सारा युरोप लूथरको पन्चानब्बे सिद्धान्तमा बहस गर्न थाल्यो । आखिरमा पोपले आफ्नो घोषणा निकाले । उनले लूथरको केही सिद्धान्तलाई गलत ठहराए र आदेश दिए, ‘यदि लूथरले आफ्नो सिद्धान्त साठी दिनमा फिर्ता लिएनन् भने उनलाई धर्मच्युत गरिनेछ ।’
अन्तिम समयमा कसैले उनलाई सोध्यो, “के तपाईं अझै पनि आफ्नो सिद्धान्तमा विश्वास राख्नुहुन्छ ?” यो प्रश्नको जवाफमा उनले, “हो म राख्छु ।” भन्दै प्राण छोडे ।
यसको जवाफमा लूथरले त्यो आदेशलाई जलाई दिए । पोपको आदेशको अवहेलनाले जनतामा एउटा नयाँ जोश उत्पन्न भयो । सुधारको काम नियमित रुपले चालू भयो । लूथर यो सुधार आन्दोलनका सर्वमान्य नेता थिए । तर यी नेतासँग कुनै बहुदर्शी योजना थिएन । उनलाई यो पनि थाहा थिएन कि उनको सुधार आन्दोलनले बढ्दैबढ्दै कस्तो रुप लिने छ, पोपपन्थको कुनकुन प्रथाको विरुद्धमा उनले प्रहार गर्नेछन् । फेरि पनि धेरै वर्षसम्म पूरा युरोपका प्रगतिशील जनताको नेता उनी बनिरहे, यसको कारण थियो उनको व्यक्तित्व ।
लूथरलाई सुरक्षाको ग्यारेन्टी दिएर उनलाई डाइटको अगाडि उपस्थित हुनको लागि बोलाइयो । डाइट जर्मनीका सानासाना राजाहरुको सभालाई भनिन्छ, जसको प्रधान सम्राट हुन्थ्यो । यस डाइटले लूथरको सिद्धान्तलाई पाप बतायो र उनलाई आफ्नो सिद्धान्त फिर्ता लिने आज्ञा दियो । लूथरले आफ्नो आत्मा विरुद्ध काम गर्नु अपमानजनक र भयानक हो भनेर यो प्रस्ताव अस्वीकार गरे । फलस्वरुप उनलाई विद्रोही ठह¥याएर मृत्युदण्ड दिने प्रस्ताव राखियो । तर उनलाई सुरक्षाको ग्यारेन्टी दिएको कारण यो संभव थिएन ।
उनी सम्राटका सैनिक दस्ताको रेखदेखमा आफ्नो स्थानमा फर्किन थाले तर बाटोमा उनी कतै हराए । मानिसहरुले सम्झे गुप्त रुपमा उनको हत्या गरियो । यो समाचारले पोपपन्थीहरुको विरुद्धमा जनताको आक्रोस बढ्दै गयो र सुधार आन्दोलनलाई धेरै सहायता मिल्यो ।
वास्तवमा लूथरलाई मारिएको थिएन । लूथरका साथी र अनुयायी राजा फ्रेडरिकले उनको ज्यानलाई खतरा हुने देखेर उनलाई गायब बनाएका थिए । उनले आफ्नो किल्लामा गुप्त रुपले राखेका थिए । यो किल्लामा लूथर एक वर्षसम्म बसे । यो एक वर्षमा लूथरलाई लेख्न, पढ्न र आफ्नो सिद्धान्तमा सोच्नमा धेरै समय पाए । यिनै दिनमा उनले बाइबलको ग्रीक टेस्टामेन्टको जर्मनमा अनुवाद गरे र पोपपन्थमा आएको नराम्रा कुराको बारेमा सोचे र लेखे ।
I Have a Dream को भाषण दिने क्रममा |
पोपको दैवी शक्तिमा अविश्वास
उनी पोप र पादरीको दैवी शक्तिमा विश्वास गर्दैनथे । उनको अनुसार सबै सच्चा भक्त पादरी हो । उनी पादरीलाई विवाह गर्ने अधिकार दिन्थे र मठको कठिन तपको विरुद्धमा थिए । उनको भनाइ थियो यदि कठिन तपले कसैले मुक्ति पाउँछ भने उनी त्यसको सबैभन्दा पहिलो हकदार हुन्, किनकि आफ्नो मठमा सबैभन्दा धेरै तप गर्ने उनै हुन् ।यस बीचमा उनको सिद्धान्तको कारण सारा युरोप दुई दलमा बाँडिदै गइरहेको थियो । अनेकौं राजाले लूथरलाई साथ दिए र उनीहरुसँग सम्मिलित शक्तिको अगाडि युरोपको ठूलोभन्दा ठूलो शक्ति पनि रोकिन सक्दैनथ्यो । आपूलाई सुरक्षित सम्झेर लूथर फेरि खुल्ला मैदानमा आएका थिए ।
आर्कड्यूक फर्डिनेन्डले आफ्नो भाइ सम्राट पाचौं चाल्र्ससँग एक पटक भनेका थिए, “लूथरको सिद्धान्तले यति गहिरो पकड जमाएको छ कि हजारमा एक मानिस पनि यस्तो छैन जो उनको प्रभावबाट बचेको होस् ।”
१५२५ मा लूथरको सिद्धान्तबाट जाग्रित भएर किसानले सामन्तशाहीको विरुद्धमा विद्रोह गरे । यो विद्रोहको मुख्य कारण आर्थिक थियो । तर लूथरको क्रान्तिकारी आन्दोलनले किसानहरुलाई धेरै उत्साह मिलेको थियो र उनीहरु लुथरले सहायता गर्नेछन् भन्ने आशा गर्थे । सुरुवातमा लूथरले किसान र सामन्त दुवैलाई नराम्रो भनिरहे तर विद्रोह सुरु भएपछि उनले सामन्तको पक्ष लिए । उनी किसानलाई कुकुरको मृत्युको अधिकार भन्न थाले । उनको यो परिवर्तनको कारण सायद आफ्नो सिद्धान्तको लागि सामन्तबाट मिल्ने सहायता थियो । जे होस्, गरीब किसानसँग लूथरको यो व्यवहारलाई उचित मान्न सकिदैन । विद्रोह असफल भएपछि सामन्तले किसानलाई घोर दमन गर्दा पनि त्यसको विरोधमा लूथरले केही भनेनन् ।
यसै प्रकार १५४० मा आफ्नो समर्थक शक्तिशाली राजा फिलिपलाई दोस्रो विवाह गर्नको लागि गुप्त अनुमति दिएर पनि लूथरले आफ्नो कमजोरी देखाए । ईसाई मत अनुसार एउटी पत्नी हुँदाहुँदै दोस्रो विवाह गर्नु अनुचित हो । तर फिलिप दोस्रो विवाह गर्न चाहन्थे । फिलिप सुरुदेखि नै लूथरलाई उनको सिद्धान्तको प्रचारमा धेरै सहायता दिइरहेका थिए । लूथरले उनको दोस्रो विवाहको अनुमतिपत्रमा गुप्त रुपले दस्तखत गरिदिएका थिए । यो कुरा धेरै दिन लुक्न सकेन । भेद खुलेपछि लूथरको धेरै बदनामी भयो । आफ्नो पक्षमा उनले जुन सफाइ दिए त्यो उनको चरित्रमा लागेको यो धब्बालाई धुनको लागि पर्याप्त थिएन ।
लूथरले आफ्नो विवाह १५२५ मा गरेका थिए । जस्तो पहला पनि भनिसकिएको छ, उनी पादरीलाई विवाह गर्ने अनुमति दिन्थे । उनको भनाइ थियो उनी आफंै विवाह गर्ने छैनन् किनकि उनले मठमा आजन्म ब्रह्मचारी बस्ने व्रत लिएका थिए । तर विवाहित पादरीलाई पोपद्वारा दण्ड दिदा पनि केथराइन वान बोरा नामकी एक साध्वीसँग उनले विवाह गरे ।
युद्धको घोषणा
१५२६ देखि सुधारवादी आन्दोलन राजनीतिमा उल्झाउँदै गयो, यसले आन्दोलनलाई चलाउने नेतृत्व सामन्तको हातमा जान थाल्यो । लूथर केवल आध्यात्मिक नेता बने । १५२६ को डाइटले लूथरको सिद्धान्तप्रति सहिष्णुताको प्रस्ताव पास गरे । १५२९ मा पोपपन्थी दलको शक्ति बढ्यो । लूथरलाई विद्रोही भनियो । लूथरको समर्थक राजाहरुले यसको विरोध गरे । यसै बेला लूथरका अनुयायीको नाम प्रोटेस्टेन्ट अर्थात विरोध गर्नेहरु बन्यो । युद्धको तयारी हुन थालेको थियो र धेरै वर्षसम्म विरोधी सेनाहरु आपसमा लडिरहे । यो युद्ध सधैं लगातार हुँदैनथ्यो । जबसम्म धार्मिक सहिष्णुताको युग आएन यी युद्ध र संघर्षले युरोपमा धेरै रक्तपात भयो ।
यसपछि लूथरले बाइबलको नयाँ र पुरानो टेस्टामेन्ट फेरि अनुवाद गरे । यदि लूथर सुधारवादी आन्दोलनका नेता नभएर धार्मिक पुस्तकका अनुवादक र लेखक मात्र भएका भए पनि आफ्नो देशको लागि उनको ठूलो उपकार हुने थियो ।
१८ फेब्रुवरी, १५४६ मा आफ्नो जन्म स्थानमा लूथरको देहान्त भयो । यो बेला उनको उमेर ६३ वर्षको थियो । अन्तिम समयमा कसैले उनलाई सोध्यो, “के तपाईं अझै पनि आफ्नो सिद्धान्तमा विश्वास राख्नुहुन्छ ?” यो प्रश्नको जवाफमा उनले, “हो म राख्छु ।” भन्दै प्राण छोडे ।
त्यहाँबाट उनको शब राजसी र सैनिक आदरका साथ वितनबरा लगियो र त्यही चर्चमा गाडियो जहाँ उनले आफ्नो पन्चानब्बे सिद्धान्त टाँसेर सुधारवादी आन्दोलनको श्रीगणेश गरेका थिए ।
कार्यको महत्तो
ईसा मसीहबाट पन्ध्रौं शताब्दीसम्म ईसाई धर्ममा जुन परिवर्तन आएको थियो र रोमका क्याथोलिक चर्चको जुन अवनति भएको थियो, लूथरको सुधारवादी आन्दोलन त्यसको विरुद्धमा थियो । पहिला लूथरले आफ्नो प्रचार कार्य ल्याटिन भाषामा शुरु गरेका थिए तर जबसम्म उनले ल्याटिनको त्याग गरेर आफ्नो देशका जनताको जर्मनको भाषा उपयोगमा लिएनन् तबसम्म उनको काम अगाडि बढ्न सकेन । किसान विद्रोहको समयदेखि उनको सुधार आन्दोलन जनताको लागि नभएर राजामहाराजाको लागि भएको थियो ।मूल रुपले प्रोटेस्टेन्ट मत शुरुवाती ईसाइवादतिर फर्किने मत थियो । उनको अनुसार धार्मिक अधिकारीहरुलाई राजनीतिमा भाग लिनदिनु हँुदैन । तर प्रोटेस्टेन्ट मतको प्रभावमा राजाहरुको सहायता लिनुको परिणाम प्रोटेस्टेन्ट धर्म देशमा सरकारको अधीन भयो । गिर्जा र मठको जागिरमा कब्जा जमाउनको लागि राजा र सामन्त प्रोटेस्टेन्ट मतलाई साथ दिन थाले ।
अन्तमा यो सुधार आन्दोलन सिद्धान्तको संघर्ष नरहेर रोमका पोपको आधिपत्यको विरुद्धको संघर्ष बन्यो, जसले उक्साउँदा हर देशको उठ्दो राष्ट्रिय भावनाले पनि पूरा योगदान दियो । सुधार आन्दोलनले मानिसको वैचारिक स्वतन्त्रतालाई बढावा दियो । केही कालमा सुधारवादी पनि वैज्ञानिक प्रगतिको त्यति नै विरोध गर्न थाले जति पोपपन्थी गर्थे ।
फेरि पनि युरोपको प्रगतिमा लूथरको धेरै ठूलो हात छ । सुधार आन्दोलनले पोपको बढ्दो राजनीतिक शक्तिमा रोक लगाएर विभिन्न देशलाई प्रगति गर्ने अवसर दिए । उनको शक्तिदेखि डराएर पोपपन्थीहरुले आपूमा आएको खराबी हटाउने प्रयत्न गरे । सारा युरोपमा यस्तो परिवर्तन भइरहेको थियो, जसबाट समाज मध्य युगबाट निस्केर आधुनिक युगमा प्रवेश गरिरहेका थियो । लूथरको आन्दोलनले यो समाजिक परिवर्तनमा धेरै योगदान दियो ।
स्रोत : http://dikura.com/martin-luther
COMMENTS