संसारमा सबै मान्छे शान्ति चाहन्छन् , सुख चाहन्छन् तर साह्रै थोरैले मात्र सुखशान्तिको अनुभूति गर्न पाउँछन् । श...
संसारमा सबै मान्छे शान्ति चाहन्छन्, सुख चाहन्छन् तर साह्रै थोरैले मात्र सुखशान्तिको अनुभूति गर्नपाउँछन् । शान्ति गाह्रो भएको कारणले होइन, सुख दुर्लभ भएको कारणले पनि होइन । शान्ति र सुखको प्रक्रियालाईनबुझेको कारण मान्छे अशान्त हुन्छ किनभने मान्छेले संसार चिन्न÷बुझ्न खोजे तापनि आफूलाई चिन्न÷बुझ्नखोज्दैन र त शान्तिको सम्पूर्ण स्रोत स्वयं हो भन्ने कुरो उसलाई थाहा भएको देखिँदैन । त्यसकारण ऊ बाहिरैभड्किरहन्छ ।
यहाँनिर एउटा प्रश्न उठाऊँ– के संसारमा साँच्चिकै कुनै शान्त जाति होला ? त्यो जाति जसले युद्ध, हिंसागरेकै छैन, जो मानसिक हिंसादेखि लिएर शारीरिक हिंसामा विश्वासै गर्दैन र त्यसलाई जीवनले प्रमाणित गर्न सकेकाहोस् । वैज्ञानिकहरूले धेरै पहिलादेखि नै मानव
जातिका त्यस्ता समूह छन् कि भन्ने खोज जारी राख्दैआएका छन् र,त्यसमध्ये यहाँ वैज्ञानिक किल्टन स्टेवार्डको खोजलाई म अगाडि सार्दैछु । सन् १९३५ तिर स्टेवार्डले मलायाकोजङ्गलभित्र पसेर त्यहाँका जनजातिहरू (जङ्गली जातिहरू) एकपछि अर्को अध्ययन गर्दै गए । यसै क्रममा उनले एउटाअद्भुत जाति भेट्टाए– त्यो हो सिनोइ ।
जातिका त्यस्ता समूह छन् कि भन्ने खोज जारी राख्दैआएका छन् र,त्यसमध्ये यहाँ वैज्ञानिक किल्टन स्टेवार्डको खोजलाई म अगाडि सार्दैछु । सन् १९३५ तिर स्टेवार्डले मलायाकोजङ्गलभित्र पसेर त्यहाँका जनजातिहरू (जङ्गली जातिहरू) एकपछि अर्को अध्ययन गर्दै गए । यसै क्रममा उनले एउटाअद्भुत जाति भेट्टाए– त्यो हो सिनोइ ।
सिनोइ जातिका बारेमा अनुसन्धान गर्दा तीनसय वर्षको इतिहासमा त्यस जातिमा कुनै हिंसात्मकवारदात भएकै पाइएन । यस्तो मानवजाति, जो आर्थिक रूपमा विलकुल विपन्न छ, अशिक्षित छ, असभ्य मानिन्छतर तीनसय वर्षको इतिहासमा न कुनै अन्य मानव जातिसँग उनीहरूको युद्ध भएको पाइयो, न त एक–आपसमा नैमारकाट भएको कुनै घटना भेटियो । बिनाहिंसा तीन सय वर्षको गौरवमय इतिहासलाई जोगाउन सक्नुभन्दा ठूलोउपलब्धि अरू के हुनसक्ला ? यसभन्दा ठूलो शिक्षा आधुनिक मान्छेलाई अरू के हुनसक्ला ? हामी शिक्षित छौं तरशान्त छैनौं । हामी बुद्धिमान् छौं तर ज्ञानी छैनौं । सिनोइ जातिमा हामीमा जस्तो बाह्य प्रगति नभए तापनि हामीमानभएको आन्तरिक सुख, शान्ति, प्रेम र समझदारी प्रशस्त मात्रामा भेटियो । एउटा अद्भुत शान्त मानवजातिको रूपमाउनीहरू आफूलाई प्रस्तुत गर्न सफल छन् । त्यसकारण शान्ति ! शान्ति !! भन्दै चिच्याउने मानिसहरूले सिनोइजातिबाट सिक्नैपर्छ, उनीहरूलाई बुझ्नैपर्छ । सिनोइहरू यति शान्त रहनुमा उनीहरूको सबभन्दा ठूलो गुण भनेकोसकारात्मक सोच हो । याद राख्नुहोस् यस कुरालाई– बाहिरको हिंसा भनेको मान्छेको मनभित्रको हिंसाको प्रक्षेपण मात्रहो । जब हाम्रो मनमा अशान्त, पीडा, कोलाहल जन्मिन्छ त्यही हिंसाको रूपमा,द्वन्द्वको रूपमा समाजमाप्रतिविम्बित हुनथाल्छ । त्यसकारण बाहिरको हिंसा समाप्त पार्नलाई मान्छे–मान्छेभित्रको हिंसा समाप्त गर्नुपर्छ ।सङ्गठनात्मक रूपमा हिंसाको अन्त्य गर्न खोज्नु दिवास्वप्न मात्र हो किनभने मानिसहरू बाहिरको सङ्गठनात्मकरूपमा हिंसालाई समाप्त पार्ने नाममा अर्को हिंसा बेहोर्छन् । हामी त्यही देखिरहेका छौं । त्यसकारण हिंसाले हिंसालाईछेक्न सक्दैन । बरु हिंसाले हिंसालाई बढाउन सक्छ, त्यही भइरहेको छ । जसरी आगोले आगोलाई निभाउन सक्दैन,रगतको दागलाई रगतले घोएर समाप्त पार्न सक्दैन । त्यस्तै हिंसा, आतङ्क, अव्यवस्था, विप्लव यावत् कुरा मान्छेकोहृदयबाट जबसम्म हट्दैनन्, हटाउने प्रयास गरिँदैन, तबसम्म हिंसा, आतङ्क, उपलपुथल जारी रहन्छ ।
सिनोइहरूको कुरा शिक्षाप्रद छ किनभने सिनोइहरू हिंसा नगर्ने शान्त मानव जातिको रूपमा प्रस्तुत हुनुकोकारण उनीहरूको मन विलकुल शान्त, र स्वच्छ भएको पाइयो । कसरी हुन्छ त मन
शान्त ? सिनोइहरूले शदीयौंदेखि एउटा अद्भुत उपाय अपनाउँदै आएको देखियो । बिहान आँखा खोल्नासाथ उनीहरूकोकाम छोराछोरी र नातिनातिनीहरूका सपना सुन्नु । सिनोइहरूको सपनासम्बन्धी समझ हामी सुसभ्य भनाउँदामानिसहरूको भन्दा धेरै गुणा फलदायी देखिन्छ, अर्थपूर्ण देखिन्छ । उनीहरू सकारात्मक र नकारात्मक दुवै सपनाकोव्याख्या गर्छन् । सकारात्मक सपना सबैलाई मीठो लाग्छ, निको लाग्छ । त्यसले मानिसलाई खुसी बनाउँछ, मुड राम्रोबनाउँछ । मार्ने त नकारात्मक सपनाले न हो । सपनाको व्याख्या गनु उनिहरू दैनिक काम हो, किनभने सपना हरेकदिन देखिन्छ र नकारात्मक सपनामा उनीहरू विशेष ध्यान दिन्छन् । सबभन्दा ठूलो उनीहरूको विशेषता हो–नकारात्मक सपनाको सकारात्मक व्याख्या खोज्नु । यस कुरालाई याद राख्नुहोस् । हामीलाई त के लाग्छ भनेनकारात्मक सपना त नकारात्मक सपना नै हो– यसको असर नकारात्मक नै हुनुपर्छ, तर सिनोइहरूले नकारात्मकसपनामाथि सकारात्मक व्याख्या गर्दै आए ।
मान्छेहरू सपनामा छाँगाबाट, छानाबाट, आकाश आदिबाट खस्छन् । सपनामा मृतकहरूले हामीलाईतान्न आएको, थर्काउन, तर्साउन आएको देख्छौं । यस्ता सपना उनीहरू पनि देख्छन् । हामीलाई यो नकारात्मकसपना भयो किनभने मृतक देख्नासाथ शरीर बोझिलो हुने अनुभव सबैलाई छ । सिनोइहरू यसको सकारात्मक व्याख्यागर्छन् । नराम्रा सपनाको सकारात्मक पक्षतिर इङ्गित गर्छन्, किनभने नकारात्मक त घटिसक्यो त्यसको व्याख्यागर्नुपर्दैन । परिणामले देखाइसक्यो अब खोज्ने त सकारात्मकता हो, त्यसको राम्रो पक्ष न हो । संसारमा सफल वाशक्तिशाली हुने व्यक्तिहरूले जहिले पनि नकारात्मकताको उपयोग गर्दै आए सकारात्मक व्याख्या गर्दै आए, भनेबरवाद हुने मान्छेहरू सकारात्मक कुराको पनि नकारात्मक व्याख्या गर्दै रहे । जसको कारणले मनमा आतङ्कजन्मिन्छ । पुनः एकपल्ट याद राख्नुहोस्– सिनोइहरूले नकारात्मक कुराको सकारात्मक पक्ष हेर्दै रहे, व्याख्या गर्दै रहेर त्यो व्याख्या गरिसकेपछि उनीहरूमा एकैछिनमा प्रफुल्लता आउनु स्वभाविक हो । त्यसपछि त आँखा चनाखा हुनथाल्छन्, नाक खुल्न थाल्छन्, शरीर पुलकति हुन थाल्छ– ओहो ! मैले नकारात्मक भनेको सपनाको त ठूलै अर्थ पोरहेछ !! यसको त महान् अर्थ रहेछ !!! त्यो महान् अर्थको सङ्केत पो रहेछ । यसरी बुझ्दै जाँदा उनीहरूका मनमा कहिलैपनि खिन्नता आउँदैन । कहिलै पनि उनीहरू मानसिक पीडाको शिकार हुँदैनन्, याद राख्नुहोस् यसरी सिनोइहरूलेनकारात्मक सपनाको सकारात्मक व्याख्या गर्दै मानसिक स्वास्थ्यलाई कायम गर्दै आए । त्यसकारण सिनोइहरूतीन÷तीन सयवर्षसम्म शान्त मानवजातिको रूपमा रहन, स्थापित हुन सफल भए ।
अब हाम्रो पनि सिक्ने पालो आइसकेको छ कि सिनोइहरूले जस्तै नकारात्मक कुराको सकारात्मकव्याख्या खोज्ने परिपाटी । पुनः एकपटक याद गर्नुहोस्– आतङ्कित को हुन्छन् ? ती मान्छेहरू जो सकारात्मक कुराकोपनि नकारात्मक व्याख्या गर्छन् । नकारात्मक जसलाई हामी खोइरो खन्नु भन्छौं, निद्रान्वेषी अर्थात् प्वाल मात्रखोज्ने । डोनट वा सेल देखाउँदा चारैतिरको सेललाई नहेरीकन प्वाललाई मात्र हेर्ने प्रवृत्ति । छिद्रान्वेषीहरूको मनकहिलै पनि शान्त रहँदैन, उनीहरू हरेक कुराको नकारात्मक पक्ष हेरिहाल्छन्, र त अशान्त हुन्छन् । जसलेनकारात्मक कुराको पनि सकारात्मक पक्ष खोज्न सक्छन्, व्याख्या गर्न सक्छन्, उनीहरू हिंसा, पीडा, द्वन्द्व सबैबाटमुक्त रहन्छन् र साँच्चै जीवनको अर्थ खुलाएर बाँच्न सक्छन् । त्यसैले सिनोइबाट हामीले सिक्ने पाठ यही हो कि यदिहामी साँच्चै शान्ति चाहन्छौं भने नकारात्मक कुराको सकारात्मक व्याख्या गर्नु पर्दछ र नकारात्कताको सदुपयोग गर्दैजान सक्यौं भने निश्चय हामी शान्त, ज्ञानी र आनन्दित मानवजातिमा परिणत हुनेछौं– यसमा त शङ्कै भएन ।
COMMENTS