- प्रत्येक सेकेण्ड सकारात्मक विचार गर्ने । - प्रत्येक मिनेट गहिरो सास फेर्ने । - प्रत्येक घण्टा चुस्कि लिदै पानी पिउने । - प्रत्येक घण्ट...
- प्रत्येक सेकेण्ड सकारात्मक विचार गर्ने ।
- प्रत्येक मिनेट गहिरो सास फेर्ने ।
- प्रत्येक घण्टा चुस्कि लिदै पानी पिउने ।
- प्रत्येक घण्टा हास्ने ।
- प्रत्येक घण्टा हसाउने ।
- प्रत्येक घण्टा मुस्काउने ।
- प्रत्येक प्रहर (३ घण्टा) आधा पेट मात्र भर्ने गरी चपाई चपाई खाना खाने ।
- प्रत्येक दुई प्रहरमा गहन आराम गर्ने । (२०-३० मिनेट)
- प्रत्येक दिन (२४ घण्टा) ६-८ घण्टा सुत्ने ।
- प्रत्येक दिन २०-९० मिनेट व्यायाम गर्ने ।
- प्रत्येक दिन नुहाउने ।
- प्रत्येक दिन खलास हुने गरि दिसा गर्ने ।
- प्रत्येक दिन अरूको लागि केही गर्ने ।
- प्रत्येक २०-६० मिनेट बिहानको घाम ताप्ने ।
- प्रत्येक दिन दुई पटक दाँत माझ्ने (बिहान र बेलुकी खाना खाएको लगत्तै) ।
- प्रत्येक हप्ता एक पटक मनोरञ्जन गर्ने ।
- प्रत्येक हप्ता एक पटक दिल खोलेर रूने ।
- प्रत्येक हप्ता कम्तीमा एकजना नयाँ साथी बनाउने ।
- विवाहित भए हप्तामा १-३ पटक संभोग गर्ने ।
- प्रत्येक महिना साथी-भईसित भेटघाट गर्ने ।
- प्रत्येक ३ महिना नयाँ ठाउँको यात्रा गर्ने ।
- प्रत्येक १ वर्षमा कम्तिमा एक हप्ताको छुट्टी लिई पर्यटन गर्ने ।
- प्रत्येक दश वर्षमा घर वा डेरा फेर्ने ।
- प्रत्येक सय वर्षमा नयाँ चोला फेर्ने । हा...हा..हा...!!!
(उपयोगी जानकारी भएकाले श्यर गर्न नभुलौ है !)
साभार : नयाँ स्वास्थ्य रहस्य
- डा. योगी विकाशानन्द
COMMENTS