विश्व-संगीतको क्षेत्रमा सबभन्दा बढी नाम चलेका व्यक्तिमध्ये एक हुन्, मोजार्ट । महानतम उपलब्धी हासिल गर्ने यीनी मात्र ३५ वर्ष जती यो संसारम...
विश्व-संगीतको क्षेत्रमा सबभन्दा बढी नाम चलेका व्यक्तिमध्ये एक हुन्, मोजार्ट । महानतम उपलब्धी हासिल गर्ने यीनी मात्र ३५ वर्ष जती यो संसारमा रहे ।
उनका पिता संगीतकार भएकाले संगीतको गुण उनले जन्मजात पाएको थिए । सानै उमेरमा उनले संगित साधना शुरू गरेका थिए । तर उनको संगीतको यात्रा त्यती सुगम थिएन । त्यसबेला धनको नाममा उनीसित कौडी थिएन । राम्रो खान नपाएकाले उनी कुपोषणको शिकार बने । तर उनले कुनै शिकायत गरेनन् । उनी कमाउनमा भन्दा संगीतमा रमाउन व्यस्त रहे । उनले खानै नपाए पनि संगीतमा डुबेर आनन्द लिए । संगीतद्वारा आफ्नो भोक मेटाउने गर्थे उनी । भोजन मात्र होइन रहन-सहन कै कुरा गर्दा पनि छाती भक्कानिएर आउछ । पानी जम्ने, कठोर सिरेटो चल्ने त्यो जाडोमा उनी कोठा तताउने दाउरा किन्न सक्दैनथे । जाडोले कक्रिएको हातलाई न्यानो पार्न उनीसँग एक जोडा पञ्जा समेत थिएन । तैपनि उनले खुट्टामा लगाउने मोजा हातमा लगाएर भए पनि संगीत साधना गर्दै रहे । कालले उनको शरीरलाई विस्तारै अठ्याउदै गर्दा पनि उनलाई पत्तै भएन । उनी संगीत-सृजनामा मस्त रहे । उनलाई सबैथो कठोर भए पनि अतीनै प्यारो थियो आफ्नो लक्ष्य, आफ्नो कार्य । नभन्दै जीवनको चौथो दशकमै उनले संसार छोड्न बाध्य भए । जादाँ जाँदै उनी संसारका सर्वाधिक महान् संगीतकार बन्न सफल भए ।
हो, यस्तो प्यारो थियो उनलाई आफ्नो लक्ष्य !

COMMENTS