Menu

हामीले बुझेर पनि अनुभूत गर्न नसकेको तथ्य... यो जिन्दगी बगिरहेछ, फेरी नफर्कने गरी । हामीले देखेका, भोगेका यी प्रत्येक पल बितेपछी फेरी फर्किएर आउदैन । आखाँको पलकसँगै सबैथोक अतितमा फेरिन्छन् । हामीले हिडेका प्रत्येक पाइला, बोलेका प्रत्येक शब्द, खसालेका प्रत्येक आशु, बाडेका प्रत्येक मुस्कान...यी कुनै पनि फेरी फर्कदैनन् । समय मात्र अघि बढ्न जान्दछ र बढिरहन्छ । हिजै जस्तो लाग्दा लाग्दै थुप्रै शिशिरहरू आउछन् र जान्छन्, थुप्रै वसन्तहरू आउछन् र जान्छन् । हाम्रा सबैथोक याद बनेर रहन्छन् । र, जब जिन्दगीको अन्तिम दिनहरू हाम्रासामु आउदछन्, हामी ती यादहरूलाई केलाउछौ... त्यबखत हामीले बाँचेको जीवनप्रती सन्तुष्ट हुनु सकेनौ भने... हाम्रो जीवन खेर गएको ठहरिनेछ । यसर्थ अहिल्यै हामीसँग समय छ जुन् तारा झै झिलमिलाइरहेको छ र हिउ जस्तै पग्लिरहेको छ, यसलाई सदुपयोग गरौ र जीवनलाई किंवदन्तीझै यस्तो यादगार बनाऔ कि जुन सयौं साल सम्म संसारमाझ जीवित रहोस् ।

मैले जीवनभर सिकेको सारलाई तिन शब्दमा व्यक्त गर्नुपर्दा--जीन्दगी अघि बढिरहेछ । - रोबर्ट फ्रस्ट

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top