तपाईले वियर ग्रेल्सलाई त चिन्नुभएकै होला, उनी संसारकै प्रख्यात एड्भेन्चरर हुन् । उनको म्यान भर्सेस वाइल्ड कार्यक्रम निकै प्रख्यात छ । उ...
उनको सानै देखिको सपना थियो- संसार कै अग्लो हिमाल सगरमाथा चढ्ने । उनी हिउसँग पैठेजोरी खेल्न चाहन्थे । तर एका एक उनको जीवनमा ठूलो बाधा आइपर्छ । २० वर्षको उमेरमा उनी दुःखद् दुर्घटनाको शिकार बन्न पुग्दछन् । प्यारासुट मार्फत १६,००० फिट उचाइबाट हाम्फाल्ने क्रममा असन्तुलित भइ नराम्रो दुर्घटना हुन्छ । उनको ढाडको तिन हड्डी भाँचिन्छ । उनको तत्कालिन अवस्था यती दयनिय हुन्छ कि उनले बाँकी जीवनमा हिडडुल गर्नु असंभव जस्तै थियो । तर उनी हरेश खादैनन् । लागि परिरहन्छन् । एक वर्षसम्म उपचार गरिरसकेपछी उनी अस्पतालबाट बाहिर निस्कन्छन् र आफ्नो बाल्यकाल देखिको सपना पुरा गर्न तर्फ लाग्दछन् । तिनवटा हड्डी भाचिएको १८ महिना नपुग्दै, २३ वर्षको उमेरमा, उनी १६ मे १९९८ मा सगरमाथ चढेरै छाड्छन् । साथै उनी सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने व्यक्तिहरू मध्ये एक भइ किर्तिमानी कायम गर्न सफल हुन्छन् ।
यसले यो प्रमाणित गर्दछ कि, कुनै पनि बाधाहरूमा सपनालाई छेक्न सक्ने ताकत हुदैन । सिर्फ आफू सिवाय ।
COMMENTS