- जीवन भनेको जोखिमहरूको एक सुन्दर कविता हो, जोखिमहरू देखि तर्सनेहरू सधै कुरूप कविता रचना गर्छन् । - कति मान्छेको जीवन राम्रो मौसमको प्र...
- कति मान्छेको जीवन राम्रो मौसमको प्रतीक्षा गर्दागर्दै बित्छ । राम्रो मौसम राम्रो कुरा हो तर राम्रो मौसमको प्रतिक्षा गरिबस्नुमात्रै राम्रो कुरा होइन ।
- जीवन भनेको कहिले हावाहुरी, कहिले आँधीतुफान त कहिले चकमन्न शान्ति र सुन्दरता हो ।
- जीवन लक्ष्यको महान यात्रा हो भने त्यो अनवरत हुनुपर्दछ, आराम गरीगरी सुविधा हेरी हेरी यात्रा गर्नेहरू जहाँ पुगेपनि कतै पुग्दैनन् ।
- जो यात्रा गर्छन् उनैका पाइला शिथिल हुन्छन्, तर जो जीवनमा कुनै यात्रा गर्दैनन् उनका मन शिथिल हुन्छन् ।
- जीवन भूल होइन, तर जीवनमा भूलहरू हुन्छन्, मान्छेका भूलहरू मान्छेकै कर्मले महान् वा तुच्छ बन्छन् ।
- जीवनका लक्ष्यहरू नदेखिनुको अर्थ जीवनमा लक्ष्यहरू नहुनु होइन ।
- गलत निर्णय गर्नेहरूले एक दिन जीवनको सही बाटो पत्ता लगाउन सक्छन् तर अनिर्णित भई बस्नेहरूले जीवनको कुनै बाटो पत्ता लगाउन सक्दैनन् ।
- पृथ्वीको इतिहासमा एक युगमा एक-दुई जनाले मात्र मानवताको चुली टेके भने मुक्तिका लागि मान्छेहरूले ईश्वार कल्पना गरिराख्नुपर्दैन ।
- मान्छेको बिदाइ सम्पूर्ण मानवताको बिदाइ होइन, जीवन समाप्त भएपनि सबैकुरा समाप्त हुने छैनन् मान्छेका अहंकार अनि अदम्य संघर्षहरू समाप्त हुनेछैनन् ।
-- सरूभक्त
COMMENTS