यस कथाको सुरूवात सामान्य किसान अलि हफिदबाट हुन्छ । उनी मेसोपोटामिया, इराकका सामान्य किसान थिए । एकदिन उनको एक फकिरसँग भेट हुन्छ, जसले उनलाई...
यस कथाको सुरूवात सामान्य किसान अलि हफिदबाट हुन्छ । उनी मेसोपोटामिया, इराकका सामान्य किसान थिए । एकदिन उनको एक फकिरसँग भेट हुन्छ, जसले उनलाई सम्झाउदै भन्छन्, 'दरिद्र जीवन बाँच्नका लागि परमात्माले हामीलाई पठाउनु भएको होइन । उहाँले सबैको बरोबर भलो चाहनुहुन्छ । त्यसैले त उहाँले कतिपय जमिन मुनि हीराको खानी समेत बनाउनु भएको छ । अब उठँ, त्यो हीरा खोज र धनी भएर बाचँ ' त्यस दिन देखि उनलाई निन्द्रा पर्न छोड्छ, कहाँ होला त त्यो हीरा-खानी । एकदिन ऊ आफ्नो सबै सम्पती बेचेर हीराको खानीको खोजमा निस्किन्छ । हीरा खोज्दै ऊ देशको सबै कुना-काप्चा पुग्छ । भेटे जती जमिन खन्छ । सारा सम्पत्ती-समय कुर्वान गर्छ तर अफसोस खानी भेट्टाउदैन । अन्ततः ऊ दरिद्र भएरै मर्छ ।
उसको मृत्युको केही समय पछी एउटा सनसनीखेज समचार सुन्नमा आउछ - हफिदले बेचेको खेत खन्दा हीराको खानी भेट्टाइयो । खेत किन्ने मालिक रातारात अपार सम्पतीको मालिक बन्न सफल ।
हफिदले बाहिरी सारा जमिन क खन्छ तर आफ्नो जमिन खन्दैन । हो, हामी यसरी नै सबैथोक बाहिर खोज्छौ तर आफैभित्र कहिल्यै चिहाएर हेर्दैनौ । हफिदको जस्तै, यही हो हाम्रो दरिद्रताको कारण, असफलताको कारण । यसर्थ आफैलाई चिनौ ।

COMMENTS