Menu

- चौकिदारीको काम गर्ने निल्स बोहरलाई वैज्ञानिक बन्नुमा प्लेटोको एउटा पुस्तकले अहम् भूमिका खेलेको थियो । 

- जेम्स वाटको मथिगंल 'किट्लीबाट निस्केको वाफ' ले हल्लाईदिएको थियो । 

- ट्रोय र स्पार्टा विचको दश वर्षे युद्धको मुख्य कारण थियो हेलेनको मोहक अनुहार र लोभ्याउने हाँसो । र, यसैसँग प्रभावित भएर होमरले विश्वको सुप्रसिद्ध महाकाव्य 'इलियड' लेखे । 

- लाखौको ज्यान गएको एक घृणित क्रिमियाको युद्धको कारण थियो - ताल्चा । जेरूसेलमको एक कुनोमा अवस्थीत गिर्जाघरको ढोकामा युनानले ताल्चा लगायो र आफू सँगै राख्यो । त्यसैलाई खोस्नका लागि आपसमा युद्ध भएको थियो ।

- विख्यात वाद्यवाधक हेडेलको आफ्नो वाधनको प्रेरणाको स्रोत आयरन ध्वनि थियो ।

- सर आइज्यक न्युटनलाई एउटा खसिरहेको स्याउले चाल सम्बन्धि नियम पत्ता लगाउन उत्प्रेरित गरेको थियो ।

- फ्रान्सेली क्रान्तिमा राजपरिवार ढल्नुको कारण सम्राट लुई फिलिपका छोरा ड्युक अफ अर्लियन्सले केही गिलास बढि रक्सी पिउनु थियो ।

- एक गहुँको दानाले वर्षमा पचास दाना उत्पादन गर्छ । बाह्र वर्षसम्म यही रूपमा उत्पादन भइरहने हो भने यसले २४,१४,४०,६२,५०, ००,००,००,००,००० गुना बढी उत्पादन दिनेछ ।

- चार्ल्स डिकेन्सले आफ्नो पुस्तक अल द इयर राउण्डमा लेखेका छन् 'कसैले बुद्धिमान कसलाई भन्ने सोधेमा जवाफ पाउनेछन्, त्यसैलाई जसले सानो भन्दा सानो कुरामा पनि ध्यान दिन्छ ।

- एउटा धागो छिनाएपछि सबै तानाबान आफै फुस्कनेछन् । संगितका हजार सुरहरूमा एउटालाई विगारीदेऊ सबै सुरहरू बेसुर हुनेछन् । - ह्विटिटयर

यसर्थ, सानो चिज भनेर कहिल्यै हेला नगर्नु, तिनीहरूमा गजबको तागत लुकेको हुन्छ । एउटै अणुले विश्व ध्वस्त गर्न सक्छ, एकै शब्दले जिन्दगी बदलिदिन सक्छ । सानो शुन्दर हुन्छ, महत्वपूर्ण हुन्छ । सहमत भए श्यर गरौ ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top