Menu


१. मानव मस्तिष्कले जे चाहन्छ र विश्वास गर्छ, त्यो पाउन सक्छ । - नेपोलियन हिल

२. सफल बन्नका लागि होइन, बरू मूल्यवान बन्नका लागि संघर्ष गर । - अल्बर्ट आइन्स्टाइन

३. जंगलमा दुई बाटो छुट्टिएका थिए, मैले सबैभन्दा कम हिडिने बाटो रोजे र यसले नै मेरो सबै थोक बदलिदियो । - रोबर्ट फ्रस्ट

४. मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो । - फ्लोरेन्स नाइटिंगेल

५. तिमीले ती सम्पूर्ण अवसरहरू गुमायौ जुन तिमीले लिएकै थिएनौ । - वाएन ग्रेट्की

६. मैले आफ्नो करियरमा ९००० अवसरहरू गुमाए । मैले झण्डै ३०० खेल हारे । २६ पटक खेल जित्छु भन्ने भरोसा हुदाँहुदै पनि ती सट गुमाए । म पटक, पटक धेरै पटक जीवनमा असफल भए । त्यसैले त आज म यतीको सफल हुन सके । - माइकल जोर्डन

७. लक्ष्य प्रतिको दृढ निश्चयता नै सबै उपलब्धिको पहिलो बिन्दु हो । - विलियम क्लेमेन्ट स्टोन

८. प्राय सबै मानिसले आफूसँग कुनै शक्ति छैन भन्ने सोचेर आफूसँग भएको अनन्त शक्ति त्याग गर्ने गर्दछन । - एलिस वाल्कर

९. हाम्रो मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्छौ त्यही बन्छौ । - गौतम बुद्ध

१०. रूख रोप्ने पहिलो उपयुक्त समय विस वर्ष पहिले थियो र दोश्रो उपयुक्त समय अहिले हो । - चिनिया उखान

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top