Menu


एउटा सानो केटो आफ्नो घरको आँगनमा एक्लै उभिरहेको थियो । उसले बेसबलको क्याप लगाएको थियो र उसको हातमा बेसबल थियो । उसले गर्वले भन्यो, 'म दुँनियाको सबैभन्दा महान् बेसबल खेलाडी हुँ ।' फेरि उसले हावामा बल फाल्यो र ब्याट घुमायो तर उसले बल फर्काउन सकेन । उसले अफ्ठ्यारो नमानी पुनः बल फाल्यो र बोल्यो 'म संसारको सबैभन्दा महान् खेलाडी हुँ ।' उसले फेरी बल हान्ने प्रयाश गर्यो तर फेरी पनि चुक्यो । उसले एक क्षणको लागि आफ्नो बल र ब्याटलाई ध्यानले हेर्यो । फेरि उसले एक पटक हावामा फ्याक्यो र भन्यो 'म दुनियाँको सबैभन्दा महान् बेसबल खेलाडी हुँ ।' उसले ब्याट कसेर घुमायो तर यसपटक पनि उसले हान्न सकेन ।

'वा !' उसले भन्यो, 'म कति शानदार पिचर हुँ ।'
---
'हर असफलतालाई पनि सकारात्मक विचारले हेरिनुपर्दछ ।' -- अज्ञात

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top