एल्विस प्रस्ले - प्रख्यात म्युजिक व्याण्ड बिल्टसको पहिलो एल्वम निकाल्न ३० कम्पनिले अस्विकार गरेका थिए । - व्लेडका आविष्कारक किंग सी जिल...
एल्विस प्रस्ले |
- व्लेडका आविष्कारक किंग सी जिलेटले भारी ऋण बोकेर कारखाना खोलेको पहिलो वर्ष जम्म ५१ वटा व्लेग बिक्री भएको थियो ।
- रिचार्ड हुकरले सात वर्ष लगाएर लेखेको उपन्यास M.A.S.H लाई २१ प्रकाशकले अस्विकार गरेका थिए ।
- रिचर्ड बाखको दश हजार शब्दले लेखिएको कथा जोनाथन लिभिंसटन सीगल १८ प्रकाशनले छाप्न अस्विकार गरेका थिए ।
- नेपाली म्युजिक व्याण्ड नेपथ्यले आफ्नो पहिलो एल्वम बिकाउन दैलो दैलो पुग्दथे ।
- एल्विस प्रस्लेको पहिलो गित रेकर्ड गर्न थुप्रै कम्पनीले अस्विकार गरेका थिए । पछी सन रेकर्ड कम्पनीले उनलाई उठाउने काम गर्यो ।
- डिज्नेल्याण्ड बनाउनुपूर्व वाल्ट डिज्नेको आठ पटक नर्भस ब्रेक डाउन भएको थियो भने कयौपटक भिखारी बनेका थिए । एक पटक त आत्महत्याको प्रयाश समेत गरेका थिए ।
संसारका जतीपनि सफल कहलाइएका व्यक्तिहरू छन्, ती सबै असफलताको अँध्यारो सुरूङबाट गुज्रिएका हुन् । थुप्रै ठेस, ठक्कर र पिडाहरूसँग संघर्ष गरेर नै संसारका नामी-दामी व्यक्ति बन्न सकेका हुन । यसर्थ, आफ्नो लगन र संघर्ष छोड्नुहुदैन । - यात्री केशर
COMMENTS