Menu

१८१६ मा उनको परिवार बेघर भयो । उनले आफ्नो परिवारलाई सहारा दिनको लागि काम गर्नुपर्यो ।
१८१८ मा आमाको मृत्यु भयो ।
१८३१ मा बिजनेस चौपट भयो ।
१८३२ मा राज्य विधानको चुनाव लडे र हारे ।
१८३२ मा उनको नोकरी गयो । उनी ल पढ्न चाहन्थे तर उनले त्यहाँ एडमिशन पाउन सकेनन् ।
१८३३ मा एउटा साथीसँग उधारो पैसा लिएर विजनेस सुरू गरे तर एक वर्ष भित्रमा सबै सकियो । आँउदा १७ वर्षसम्म उनले पैसा तिरिरहे ।
१८३४ मा फेरि विधान सभाको चुनावमा उठे, यसपटक उनले जिते ।
१८३५ मा उनको इंगेजमेण्ट भयो तर प्रेमिका मरिन्, यसले उनी वेहाल बने ।
१८३६ मा नर्भस ब्रेक डाउन भयो र छ महिनासम्म ओछ्यानमा सुतिरहे ।
१८३८ मा राज्य विधान सभाको वक्ता बन्ने कोसिस गरे तर हारे ।
१८४० मा इलेक्टर बन्ने कोसिस गरे तर हारे ।
१८४३ मा संसदको चुनावमा उठे र त्याँहा पनि पल्टिए ।
१८४६ मा फेरी संसदको चुनावमा उठे, यसपटक उनले जिते । वाशिंगटन गएर राम्रो काम गरे ।
१८४८ मा एक पटक फेरि संसदको चुनावमा उठे र हारे ।
१८४९ मा फर्किएर आफ्नो गृहराज्यमा ल्याण्ड अफिसरको नोकरीको लागि आवेदन दिए तर अस्विकृत भयो ।
१८५४ मा अमेरिकाको सिनेटको चुनाव लडे, त्यो पनि हारे ।
१८५६ मा आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनमा पनि उप-राष्ट्रपतिको नामांकन होस् भन्ने चाहे तर उनले १०० भन्दा थोरै भोट पाए ।
१८५८ मा एक पटक फेरि अमेरिकाको सिनेटको चुनाव लडे र अर्को पटक फेरि हारे ।
१८६० मा बल्ल अमेरिकाको सोह्रौ राष्ट्रपति बने ।

टोटलमा उनले उनले आठ पटक चुनाव हारे, दुई पटक व्यापारमा डुबे, एक पटक नर्भस ब्रेक डाउन भयो । कयौ पटक त हार स्विकार गर्नुपर्ने अवस्था पनि थियो तर ती हारमा पनि उनले हार मानेन्, त्यसैले उनी अमेरिकाको सबैभन्दा महान् राष्ट्रपति मध्ये एक भनेर चिनिन्छन ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top