१. लक्ष्यलाई मूर्त बनाउनुहोस् - परिक्षामा राम्रो अंक ल्याउछु भन्ने अमूर्त लक्ष्य हो, परिक्षामा सत्तरी प्रतिशत ल्यउछु भन्नु स्टष्ट लक्...
- परिक्षामा राम्रो अंक ल्याउछु भन्ने अमूर्त लक्ष्य हो, परिक्षामा सत्तरी प्रतिशत ल्यउछु भन्नु स्टष्ट लक्ष्य हो ।
२. समयसिमा तोक्नुहोस्
- म ल्यापटप किन्छु मात्र भन्ने हो भने काममा सुस्तता आउछ । म तीन महिनाभित्र (भदौ १५मा) ल्यापटप किनिछाड्छु भनि समयले बाध्नुपर्छ ।
३. ब्रेन स्ट्रोमिङ
- उद्देश्य साकार पार्ने संभावित उपाय, सूत्र वा तरिकाबारे जति सकिन्छ त्यती बुँदा बनाउने र यीनैमध्ये जुनजुन कामलाग्छ त्यसैको फलो गर्ने ।
४. इण्डिकेटर बनाउनुहोस्
- इण्डिकेटर त्यो हो जसले हरपल तपाईलाई लक्ष्य सम्झाइरहनेछ । जस्तै, पाणिनीको इ. आफैले चिरेर बनाएको हस्तरेखा थियो भने जेक केनफिल्डको पैसाको नोट ।
५. प्रतिज्ञा जोड्नुहोस्
- जबसम्म म यो पुस्तक लेखिसक्दिन तबसम्म म बाहिरै निस्किन्न या यदि मैले यो कार्यलाई पूर्णता दिन सकिन भने म खाना खानै छोड्दिनेछु जस्ता लक्ष्यप्रप्तीकमा दबाब सृजना गर्ने प्रतिज्ञा गर्ने ।
COMMENTS